रियल ब्रस्ट बडा दसै महोत्सव सुरु

रियल ब्रस्ट बडा दसै महोत्सव सुरु

काठमाडौः महिला सिर्जनशील केन्द्रको आयोजनामा बुधबारदेखि राजधानीमा ‘बडा दसैं महोत्सव २०७३’ सुरु भएको छ । डीईसीसी नेपाल प्रालिको मुख्य व्यवस्थापन रहेको महोत्सव असोज १ गतेसम्म चल्नेछ । जम्मा एक सयवटा स्टल रहेको महोत्सवको मुख्य प्रायोजन डाबर रियल ब्रस्टले गरेको छ ।

महोत्सवको उद्घाटन हालै प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’का कलाकारले गरेका थिए । प्रदर्शनीमा दसैंका लागि घटस्थापनादेखि टीकासम्म अति आवश्यक पर्ने सामग्रीसहित पूजाका सामग्री, हस्तकला, साडी, कुर्ता, गिफ्ट सामग्री, मेहेन्दी, होम अप्लाइन्सेस आदि राखिएका छन् ।

खाना पारखीका लागि विशेष परिकारसहितका स्टलहरू पनि राखिएका छन् । कार्यक्रमस्थलमा दसैंमा खेलिने पिङको पनि व्यवस्था गरिनुको साथै निःशुल्क प्रवेश र पर्याप्त पार्किङको व्यवस्था गरिएको छ । महोत्सवमा करिब ४० हजार अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.