क्याम्ब्रिजको मुख्य कार्यालय राजधानीमा
काठमाडौः क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी बिर्तामोडको प्रधान कार्यालय राजधानीस्थित बागबजारमा सञ्चालनमा आएको छ ।
उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीलाई करियर काउन्सिलिङ गर्दै आएको क्याम्ब्रिजको नयाँ कार्यालय नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष राजेन्द्र बरालले उद्घाटन गरेका छन् ।
बरालले कन्सल्टेन्सीले विद्यार्थीको करियर काउन्सिलिङमा इमानदार भएर लाग्नुपर्ने बताए । उनले केही कन्सल्टेन्सीले गलत कृयाकलाप गरेकाले समग्र व्यवसायमाथि नै प्रश्न चिह्न उठेको औल्याउँदै क्याम्ब्रिजलाई इमानदार भएर व्यवसाय गरेको खण्डमा सफलता मिल्ने बताए ।
सन् २०११ बाट सञ्चालनमा आएको क्याम्ब्रिजले वैदेशिक शिक्षामा भारत जाने विद्यार्थीलाई करियर काउन्सिलिङ गर्दै आए पनि प्रधान कार्यालय काठमाडौंमा सञ्चालन गरेसँगै अन्य देशका लागि समेत सेवा प्रदान गरेको क्याम्ब्रिजका प्रबन्धनिर्देशक शिशिर सिंखडाले बताए ।
उनका अनुसार अब क्याम्ब्रिजमार्फत अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजिल्यान्ड, जापानजस्ता देशका लागि समेत काम हुनेछ ।