ग्लोबल आईएमई बैंकले १६ प्रतिशत लाभांश दिने

काठमाडौः ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिको मितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृतिपश्चात् मुनाफाबाट बोनस वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब ३८ करोड २२ लाख २३ हजार नौ सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार तीन सय ४२ रुपैयाँ पुग्नेछ ।
बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । ७६ अर्ब ८४ करोड निक्षेप, ६४ अर्ब ६३ करोड कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखा, १० वटा राजस्व संकलन काउन्टर, एक सय तीन एटीएम, ६ वटा एक्सटेन्सन काउन्टर तथा ४२ शाखारहित बैंकिङ सेवा छन् ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, यूएई, बहराइनलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
