गोदरेजको क्यास ब्याक अफर
काठमाडौः गोदरेजले आफ्ना ग्राहकका लागि दसैं तिहारका लागि तत्काल क्यास ब्याक योजना ल्याएको छ ।
सर्वाधिक रुचाइएको घरायसी सामग्रीको ब्रान्डका रूपमा रहेको कम्पनीले सरल ‘इन्सटेन्ट क्यास ब्याक’ योजना ल्याएको हो । यो गोदरेजका घरायसी सामग्री, रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोओभनको खरिदमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका सेल्स म्यानेजर शैलेन्द झाले सधैं असल र सकारात्मक तरिकाले उपभोक्तासँग सम्बन्ध बढाउने सोचले अगाडि बढिरहेको बताए । उनले ग्राहकको खुसी र सन्तुष्टि नै कम्पनीको पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
त्यसैले कम्पनीले सधैंझैं दसैं तिहारको अवसरमा उपभोक्ताको उत्साह र उमंग बढाउन यो योजना ल्याएको उनको भनाइ छ । कम्पनीका अनुसार यो योजना बुधबारदेखि सीमित अवधिका लागि लागू हुनेछ ।