एलजीको दसैं तिहार योजना

एलजीको दसैं तिहार योजना

काठमाडौंः चौधरी ग्रुपअन्तर्गत एलजी ब्रान्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालका लागि आधिकारीक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैंतिहारका लागि नयाँ योजना ल्याएको छ ।

कम्पनीले ‘लेट्स सेलिब्रेट टुगेदर’ भन्ने नाराका साथ एलजीका हरेक ब्रान्डका टेलिभिजन सेटको खरिदमा हात खाली नजाने उपहार र म्क्यास ब्याक योजना ल्याएको छ भने धरायसी समग्रीको खरिदमा समेत हातखाली नजाने उपहार प्रदान गर्नै जनाएको छ ।

नेपालीको महान चाड विजयादशमी तथा शुभदिपावलीको अवसरमा एलजीले ५५ इन्च तथा त्योभन्दा माथिको अल्ट्रा एचडी टीभीको खरिदमा एलजी साउन्ड बार एसएच ४, ४३ देखि ४९ इन्च अल्ट्रा एचडी टीभी र ४३ देखी ५५ इन्चको नर्मल एलईडी टीभीको खरिदमा ग्राहकले एलजी ब्लुतुथ स्पिकर प्राप्त गर्नेछन् ।

यसै गरी ४९ देखि ६० इन्चको स्मार्ट टीभीको खरिदमा एलजी एलएच ७० बी मल्टिमिडीया स्पिकर र ४० इन्च र त्योभन्दा माथिको स्मार्ट टीभीको खरिदमा एमएमआरसी÷वाएरलेस किबोर्ड र ३२ र ३३ इन्चको नर्मल एलईडी टीभीको खरिदमा विभिन्न साइजका इमरजेन्सी लाइट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले घरायसी सामग्रीको खरिदमा अन्तर्गत विभिन्न आकर्षक तथा अतिपयोगी घरायशी सामग्री तथा उपकरण प्राप्तगर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.