वीरगन्जमा बर्जर पेन्ट्सको सोरुम
वीरगन्जः वीरगन्जमा बर्जर पेन्ट्सले एक्सक्लुसिभ बिक्री तथा प्रदर्शनी कक्ष सञ्चालनमा ल्याएको छ ।
आदर्शनगरमा विशाल अपुर्वा प्रालि नामबाट सञ्चालनमा ल्याइएको सोरुमको बुधबार हास्य कलाकार दीपकराज गिरी र मिस नेपाल अश्मी श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा बर्जर पेन्ट्सका कन्ट्री प्रबन्धक साइबल घोषले ग्राहकको सुविधालाई ध्यानमा राखी इन्टेरियर डेकोरेटरद्वारा रङसम्बन्धी परामर्श, घरको डिजिटल प्रि–भ्यु, टच एन्ड फिल र विभिन्न रङबाट रोज्ने सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सोरुम सञ्चालनमा ल्याएको जानकारी गराए ।
नेपालको बजारमा बर्जर दोस्रो ठूलो पेन्ट्स कम्पनीका रूपमा स्थापित भएको उनले बताए । सोरुमका सञ्चालक रविशंकर गुप्ताले नेपाली बजारमा बिक्री भइरहेका प्रिमियर पेन्ट्समा बर्जर ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको दाबी गरे ।