इन्टेक्सले ल्यायो एक्वा रिङ स्मार्टफोन
काठमाडौः एन्टेक्स टेक्नोलोजीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ‘एक्वा रिङ’ सार्वजनिक गरेको छ ।
किफायती मूल्यमा गुयास्तरीय स्मार्टफोन उपलब्ध गराउँदै आएको कम्पनीले प्रविधिमा रुचि राख्ने ग्राहकलाई लक्षित गरेर यो फोन बजारमा ल्याएको हो । इन्टेक्स टेकनोलोजी भारतको प्रतिष्ठित मोबाइल कम्पनी हो ।
एक्वा रिङ स्मार्टफोनमा एन्ड्रोइड मार्समलो प्रयोग गरिएको छ । पाँच इन्चको ठूलो एचडी डिस्प्ले रहेको फोनमा १।३ गिगाहर्जको क्वार्डकोर प्रोसेसर छ । यसमा प्रयोग गरिएको डिस्प्ले स्क्रयाचरहित रहेको कम्पनीले जनाएको छ । एक जीबी र्याम र आठ जीबी रोम रहेको यस फोनमा एसडी कार्ड प्रयोग गरी ३२ जीबीसम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ ।
एक्वा रिङमा पाँच मेगापिक्सेलको मुख्य क्यामरा छ भने सेल्फीका लागि पनि पाँच मेगा पिक्सलको फ्रन्ट क्यामरा छ । अत्याधिक ब्याट्री ब्याकअप भएको यो फोनमा २४ सय ५० एमएएचको ब्याट्री छ ।
स्मार्टफोन सार्वजनिक गर्ने क्रममा इन्टेक्स टेक्नोलोजीका नायब महाप्रबन्धक विश्वास अग्रवालले कम्पनीको उद्देश्य ग्राहकलाई किफायती मूल्यमा आकर्षक र गुणस्तरीय फोन उपलब्ध गराउनु रहेको बताए । उनले यसमा प्रयोग गरिएको मार्समलो एन्ड्रोइडले प्रविधिमा चासो राख्ने ग्राहकका लागि यो फोन बढी प्रभावकारी हुने बताए ।
कार्यक्रममा सीजीका वरिष्ठ महाप्रबन्धक रमेश श्रेष्ठले आउँदो दसैं तिहारलाई लक्षित गरी यो स्मार्टफोन बजारमा ल्याएको बताए । उनका अनुसार यो फोन बजारमा नौ हजार एक सय ९९ रुपैयाँमा उपलब्ध हुन्छ ।