एकै दिन ४० महिन्द्रा स्कोर्पियो बिक्री
काठमाडौं: महिन्द्रा अटोमोबिल्सको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले लक्जरी एसयूभी महिन्द्रा स्कोर्पियो एकै दिनमा ४० युनिट बिक्री भएको जनाएको छ । यसरी भारी मात्रामा गरिएको वितरण रेकर्डसँगै महिन्द्रा स्कोर्पियोले ग्राहकबीच लोकप्रियता तथा उपयोगिताको परिचय दिएको कम्पनीले जनाएको छ ।
विगत एक दशकदेखि सहरी बाटोमा आरामदायी सफर अनि कच्ची सडक तथा अफ–रोडमा अधिक पावर दिँदै महिन्द्रा स्कोर्पियोले नेपाली ग्राहकलाई सम्पूर्ण एसयूभीको अनुभव दिँदै आइरहेको कम्पनीको विश्वास छ । यसका साथै यसले उत्कृष्ट पर्फरमेन्स दिई एसयूभी गाडीमा यो गाडी पहिलो रोजाइ बन्दै आएको दाबी गरेको छ ।