प्रभु मनीको प्रभु-लक्की सेभेन योजना
काठमाडौं: प्रभु मनी ट्रान्सफर प्रालिले दसैं, तिहार र छठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ । कम्पनीले 'प्रभु-लक्की सेभेन' नामक योजना घोषणा गरेको छ । उक्त योजनाअनुसार विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्बरलाई लक्की ड्रमा समावेश गरी भाग्यशाली विजेता ग्राहक छानिनेछन् ।
हरेक साता विजेता ग्राहकको नाम कम्पनीको वेबसाइट वा अनलाइन न्युज पोर्टलमार्फत सार्वजनिक गरिनेछ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिनेछ । कम्पनीका अनुसार यो योजना शनिबारदेखि कात्तिक २० गतेसम्म लागू हुनेछ ।
उपहारमा यामाहाको मोटर साइकल, स्कुटी, टीभी, मोबाइललगायत सयौंको संख्यामा रिचार्ज कार्ड रहेका छन् । बम्पर उपहारमा यामाहा सालुटो बाइकका साथै यामाहा रे-जेड स्कुटर, हरेक हप्ता एलईडी टीभी, डिसहोम, मोबाइल र हरेक दिन सातजनालाई एनटीसी र एनसेलको दुई सयको रिचार्ज कार्ड दिइने कम्पनीले जनाएको छ ।