सिंहदरबारभित्र एभरेस्टको एटीएम
काठमाडौः एभरेस्ट बैंकले सिंहदरबारभित्र एटीएम सेवा सञ्चालनमा ल्याएको छ । एटिएमको उद्घाटन अर्थसचिव शान्तराज सुवेदी र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रूपमा गरे ।
सुलभ बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेस्ट बैंकले देशभर आफ्नो एटीएम सेवा विस्तार गर्दै गएको छ । एभरेस्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८६ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवाह प्रदान गर्दै आइरहेको जनाएको छ ।