एपेक्स डेमा कार्यक्रम

काठमाडौः एपेक्स कलेजले यस वर्ष पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सहभागितामा ‘एपेक्स डे’ मनाएको छ । सो अवसरमा कलेजले विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम कलेजका विद्यार्थीका लागि आफ्नो ट्यालेन्ट प्रदर्शन गर्ने उत्तम स्थान भएको कलेजले जनाएको छ । आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रमको उद्घाटन कलेजका निर्देशक मिनेन्द्र रिजालले गरे । कार्यक्रममा ब्यान्ड प्रदर्शनी, ट्यालेन्ट सो, डान्स, म्युजिकल ड्रामा, कविता वाचन गरिएको कलेजले जनाएको छ ।
कार्यक्रममा निर्णायकका रूपमा मानविकी तथा समाजशास्त्र विभागका प्रमुख फटिक पौडेल, नायिका सञ्चिता लुइँटेल, मोडल अश्विनी झा र सम्झना शाक्य थिए । कार्यक्रममा प्रहिल कार्की र प्रतिभा अधिकारी मिस्टर तथा मिसेज एपेक्स भएका छन् । साथै मस्ट ट्यालेन्टको टाइटल भवना उप्रेतीले जितेकी छिन् ।
प्रतिक्रिया दिनुहोस !
