एघार दलको दर्ता खारेजः ८२ दललाई जरिवाना

एघार दलको दर्ता खारेजः ८२ दललाई जरिवाना

काठमाडौंः निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ ।

आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइसमेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले सो निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शुक्रबार सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

खारेज भएका दलमा नवनेपाल निर्माण पार्टी, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना पार्टी, नवजनवादी पार्टी, नेकपा (माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसङ्घ पार्टी, नेपाल दलित श्रमिक मोर्चा र नेकपा (एकीकृत) छन् ।

१०० जरिवाना गरेका राजनीतिक दललाई ३५ दिनभित्र बुझाउन आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.