डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेष्टर युनाइटेडसँग स्तब्ध
काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलको डिफेन्डिङ च्याम्पियन लेष्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ। शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग लेष्टर सिटी ४–१ गोल अन्तरले पराजित भएको हो।
म्यानचेस्टर युनाइटेडले चारै गोल पहिलो हाफमै गरेको हो। खेलको २२ औं मिनेटमा स्माइलिङले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको ३७ औं मिनेटमा जुआन माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे भने ४० औं मिनेटमा रासफोर्डले टोलीका लागि तेस्रो गोल गरे। यस्तै ४२ औं मिनेटमा पाउल पोग्वाले गोल गरेपछि म्यानचेस्टर युनाइटेड पहिलो हाफमै ४–० को अग्रता लिन सफल भएको थियो।
खेलको ५९ औं मिनेटमा लेष्टर सिटीका लागि डेमाराई ग्रेएले सान्तोना गोल फर्काएका थिए। पहिलो हाफमा चार गोल गरेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा भने गोल गर्न सकेन।
जितसँगै म्यानचेस्टर युनाइटेड ६ खेलबाट १२ अंक जोडेको छ भने डिफेन्डिङ च्याम्पियन लेष्टर सिटीको समान खेलबाट ७ अंक छ।