एन्फा अध्यक्षमा कर्मा र उपाध्यक्षमा खातीको उम्मेद्वारी

एन्फा अध्यक्षमा कर्मा र उपाध्यक्षमा खातीको उम्मेद्वारी

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिकमा ८ गते हुने निर्वाचनको लागि अध्यक्ष पदमा कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दिएका छन्। शेर्पाको समुहबाट उपाध्यक्ष पदका लागि दीपक खातीले उम्मेदवारी दिएका छन्।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सका शेर्पा र खातीले आइतबार फरक शैलीबाट आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्। ज्योतिषको सल्लाह अनुसार शेर्पा र खातीले दिउँसो एकबजेपछि एन्फा गेट बाहिरबाट फुलमाला र खाता पहिरिएर ब्यानरसहित एन्फा प्रवेश गरेका थिए।

एन्फाका उपाध्यक्ष समेत हरेको शेर्पाले ज्योतिषले दिएको समय अनुसारनै आफुले उम्मेद्वारी दिएको बताए । शेर्पा र खातीलाई उनीहरुको सर्मथकले नारावाजी गर्दै एन्फा मुख्यालय प्रवेश गराएका थिए । एन्फाको अध्यक्ष र उम्मेद्वारी दिने अन्तिम दिन आइतबार सम्म रहेको थियो । उम्मेद्वारी दर्ता र घोषणा कार्यक्रममा शेर्पा समुहको बाक्लो उपस्थिति रहेको थियो । शेर्पाको उम्मेद्वारीलाई २० जिल्ला र सात क्ललबे लिखित रुपमा सर्मथन दिएका छन् ।

यसअघि अध्यक्ष पदका उम्मेद्वारी दिएका एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र मणि कुँबरको उम्म्द्वारी दत्र्ता र घोषणा कार्यक्रममा यस्तो माहोल देखिएको थिएन। उपाध्यक्ष पदका लागि यसअघि नै नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एवं प्रशिक्षक उपेन्द्रमान सिंहले पनि उम्मेद्वारी दत्र्ता गरेका छन्।

निकै तामझाम सहित उम्मेद्वारी दत्र्ता गरेको शेर्पाले आफ्नो उम्मेद्वारी दिएका शेर्पाले घोषणा कार्यक्रमा बोल्दै आफ्नो उम्मेद्वारी आर्थिक नियमितिता, प्रशासनिक पारदर्शिता, एन्फामा सामुहित नेतृत्व र फुटबलको विकेन्द्री करणका लागि भएको बताए । यसअघि एन्फा नेतृत्व एकलौटी टंगले चल्दा भष्ट्राचारको चंगुलमा फसेकोले भन्दै शेर्पाले आफु त्यसबाट सजग रहने प्रतिबद्धता जनाए।

आगामी निर्वाचन एन्फा र नेपाली फुटबलको लागि नयाँ मोड भएकोले सवैलाई सहयोग गर्न उनले आग्रह गरे । उनले आफुले फुटबलको परिवर्तनको लागि अढाई बर्षदेखि भित्र र बाहिर रहेर आन्दोलन गरेकाले अहिलेको अवस्था आएको पनि बताए । शेर्पाले नेपाली फुटबलको विकासका लागि विभिन्न १३ बुँदे योजना समेत सार्वजनिक गरेका छन् ।

योजनामा एन्फाको विधान संसोधन, आर्थिक नियमावली, जिल्ला, क्षेत्र र क्लबहरुलाई सफल बनाउने, फुटबललाई पिछडिएको जिल्लामा पुर्याउने, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त सहयोगलाई सही सदुपयोग गर्ने लगायत विषय समेटिएको छ । शेर्पाले आफुले फुटबलको परिवर्तन र विकासका लागि लामो समयदेखि लडेकाले आफ्नो जित र हार फुटबलको भविश्यसँग गासिएको पनि बताए । उनी हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत हुन् ।

यसैगरी शेर्पाको समुहबाट उपध्यक्षमा उम्मेद्वारी दिएका खाती एन्फाका पूर्व केन्द्रीय सदस्य एवं राष्ट्रिय टोलीका पूर्व खेलाडी हुन्। फिफाको ‘इथिक्स कमिटि’ ले तत्कालीन अध्यक्ष गणेश थापालाई पदको दुरुपयोग गरी भष्ट्राचार गरेको भन्दै १० बर्ष प्रतिबन्ध र २१ लाख रुपैयाँ जरिवानाको कारबाही गरेपछि अध्यक्ष पदका लाथि निर्वाचन हुन लागेको लागेको हो।

यसैगरी एन्फाका तत्कालीन कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको डेढ वर्ष अघि करेन्ट लागेर मृत्यु भएपनि खाली रहेको उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको हो। कार्तिक ८ गते हुने निर्वाचन एक वर्षको लागि हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.