पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित

पाकिस्तानमा हिन्दु विवाह विधेयक पारित

इस्लामाबादः पाकिस्तानको संसद्ले त्यहाँका अल्पसंख्यक हिन्दु धर्मावलम्बीले विवाह दर्ता गर्न पाउने विधेयक सर्वसम्मत रूपमा पास गरेको छ । निकै लामो समयदेखि प्रतीक्षा गरिएको विधेयक सोमबार पारित भएको हो ।

हिन्दु विधेयकको मस्यौदा पाकिस्तानी मानवाधिकारमन्त्री कामरान माइकलले त्यहाँको प्रतिनिधि सभा नेसनल एसेम्बलीमा पेस गरेका थिए । यस विधेयकले हिन्दु धर्मावलम्बीले बिहे गर्ने न्यूनतम उमेर १८ वर्ष तोकेको छ । पाकिस्तानमा अरू धर्मावलम्बीलाई विवाहका लागि न्यूनतम उमेर पुरुष १८ वर्ष हुनुपर्ने र महिला १६ वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । यो नियम उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजाय र ५ हजार पाकिस्तानी रुपैयाँ जरिवाना गरिेछ ।

पाकिस्तान मानवाधिकार आयोगकी प्रमुख जोहरा युसुफले यस विधेयकबाट हिन्दु महिला थप सुरक्षित हुने बताइन् । विवाह दर्ता गर्न पाएपछि महिलाका केही अधिकार सुनिश्चित हुने भएकाले यो खुसीको कुरा भएको बताइन् ।

यो कानुनमा हिन्दु महिलाले कतिपय अवस्थामा सम्बन्ध विच्छेद गर्ने अधिकारको व्यवस्था गरिएको छ । उक्त विधेयकमा हिन्दु धर्मावलम्बी श्रीमान् श्रीमती एक वर्ष वा त्योभन्दा बढी समय अलग रहेमा वा एकआपसमा एकसाथ बस्न नचाहेमा उनीहरूको सम्बन्ध विच्छेद हुन सक्छ ।

हिन्दु विधवाले श्रीमान् बितेको ६ महिना पुगेपछि पुनर्विवाह गर्न पाउने अधिकार पनि विधेयकले स्पष्ट पारेको छ । श्रीमती हुँदाहुँदै कुनै हिन्दुले दोस्रो विवाह गरेमा अपराध मानिनेछ र कारबाही गरिने छ । नेसनल एसेम्बलीले १० महिना लामो चर्चापछि उक्त विधेयक पारित गरेको हो । पाकिस्तानमा १.६ प्रतिशत हिन्दु धर्मावलम्बी छन् ।

यसअघि हिन्दुले विवाह दर्ता गर्न नपाउने भएकाले विधवाले श्रीमान्को सम्पत्ति पाउन गाह्रो हुने र हिन्दुका सन्तान सरकारी सुविधाबाट वञ्चित हुने गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.