सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लियो

सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लियो

काठमाडौंः सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसदमा विचाराधीन मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए।

शिक्षण अस्पतालमा नवौं आमरण अनसनमा रहेका प्रा. डा. गोविन्द केसीले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिन माग गर्दै आएका थिए। मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नु पर्ने केसीको प्रमुख माग मध्येको एक हो।

बैठकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को नाम परिवर्तन गरी ‘मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठान’ राख्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) को नाम परिवर्तन गरी एमाले नेता एवम् पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णयसमेत गरेको प्रवक्ता कार्कीले जानकारी दिए। कार्कीका अनुसार नाम्सको नाम अब ‘मनमोहन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान’ राखिनेछ।

यस्तै बैठकले अर्थ मन्त्रालयको मूख्य सल्लाहकारमा पून्यप्रसाद रेग्मीलाई नियुक्त गरेको कार्कीले बताए। मन्त्रिपरिषद बैठकले राष्ट्र ऋण उठाउने विधेयक संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.