भाषामा खुट्टो काट्दाको दुष्परिणाम 

भाषामा खुट्टो काट्दाको दुष्परिणाम 

शब्दकोशले लेख्य मानकको निर्धारण गर्दछ । वर्णविन्यासको आधार शब्दकोश हो । शब्दकोशलाई वर्णविन्यासको व्याकरण भनिन्छ । शब्दकोशमा तोडमरोड हुँदा वर्णविन्यास डामाडोल हुन्छ । लेख्य भाषाको स्वरूप अस्तव्यस्त र छिन्नभिन्न हुन्छ ।

लेख्य मानक पूरै भत्किन्छ । भाषाको लेख्य रूपको मानकीकरण वर्णविन्यास र अर्थनिर्धारणका लागि शब्दकोश तथा वाक्यविन्यासका लागि व्याकरणको लेखनबाट प्रारम्भ हुन्छ । भाषाको मानकीकरणको यात्रा यसै गरी अघि बढ्छ । नेपाली भाषाको लेख्य रूपको मानकीकरण पनि यही रूपमा भइआएको पाइन्छ ।

वर्णविन्यास र यसको मानकीकरणका सन्दर्भमा नेपाली बृहत् शब्दकोश २०७२ अहिले निकै विवादित छ । अघिल्ला संस्करणहरूमा प्रयोग भएका विकल्पका रूपमा रहिरहेका थुप्र्रै मानक शब्दलाई यसमा बिदा दिइएको छ ।

धेरै मानक शब्दको हिज्जेलाई काटेको, ताछेको र खुइल्याएको उदाहरण कोशभरि जताततै देख्न सकिन्छ । समग्रममा यो कोश पूरै विद्र्रूप बन्न गएको छ । सरलताका नाममा जटिलता थपिएको छ र अन्ततः यसले नेपाली भाषाको लेख्य रूपलाई निकै नै असहज र दुर्बोध्य बनाएको छ ।

कथ्य र लेख्यलाई नजिक ल्याएका छौ भनिएको छ तर उच्चारणसँग ठ्याम्मै नमिल्ने गरी, पढ्न नै नसकिने गरी मूल प्रविष्टिमा शब्दलाई काटकुट, ताछतुछ र बटारबुटुर पारेर राखिएको छ ।

नमुनाका लागि नेपाली बृहत् शब्दकोश २०७२ को पेज ६३९ हेर्दा स्पष्ट हुन्छ । यस कोशको पेज नं ६३९ मा पहिले प्रविष्टि नदिइएका द्विज, हरू, द्विजन्मा, द्विजाति, द्वितीय, भूगर्भ शास्त्र, मध्य जीवक, द्वित्व, हरू, हरू, द्विदल, द्विधा, द्विधातु, हरू, द्विप, द्विपक्षीय, द्विभुज, द्विमुखी, द्विरागम, द्विरुक्त, द्विरुढा, द्विवचन, द्विविध, द्विविधा, द्विबिन्दु, द्विशिर, द्विशीष, द्विपथ, द्विपद, द्विपाद, द्विबाहु, द्विभाषी शब्दहरूको प्रविष्टि र प्रयोग पाइन्छ ।

यी शब्दहरूको उच्चारण र यिनको लेखन नजिक होइन, निकै टाढा छ । यी अमानक शब्दहरू जसरी लेखिएका छन् त्यस रूपमा यिनको उच्चारण नहुने मात्र होइन, यी शब्दहरूको वाचन गर्न नै गाह्रो छ । यी अमानक शब्दहरू जसरी यस कोशको यस पेजमा लेखिएका छन् त्यही रूपमा उच्चारण गर्न कठिनसमेत भएकाले विद्यार्थीमैत्री हुने कुरै रहँदैन ।

पेज ६३९ मा रहेका यी अमानक शब्दका मानक रूप हुन्ः द्विज, हरू, द्विजन्मा, द्विजाति, द्वितीय, भूगर्भशास्त्र, मध्यजीवक, द्वित्व, द्विदल, द्विधा, द्विधातु, द्विप, द्विपक्षीय, द्विमुखी, द्विरागम, द्विरुक्त, द्विरुढा, द्विवचन, द्विविध, द्विविधा, द्विबिन्दु, द्विशिर, द्विशीर्ष, द्विपथ, द्विपद, द्विपाद, द्विबाहु, द्विभाषी । पहिलेदेखि मानक शब्दका रूपमा लेख्य रूपमा रहिआएका यी शब्दहरू लेखन तथा वाचनमा यस कोशमा जन्माइएका माथि दिइएका अमानक शब्दका तुलनामा निकै सहज छन् ।

चार ठाउँमा आएकाहरूलाई एउटा शब्द मानी गणना गर्दा पनि यस शब्दकोशको यही एकै पेजमा २८ वटा अमानक शब्दलाई भित्र्याइएको देखिन्छ । यी सबै शब्दहरू यस कोशमा मूल प्रविष्टिअन्तर्गत आएका छन् । एउटा पेजमा नै यति बढी अमानक शब्द छन् भने १३५५ पेजको यस शब्दकोशमा जम्मा त्यस्ता अमानक शब्द कति छन् होला ? अमानक शब्दहरूको यो प्रविष्टि भयावह स्थितिको सूचक होइन ? यसको प्रभावको परिणाम नेपाली लेख्य परम्परामा कति घातक हुन्छ ?


 धेरै मानक शब्दको हिज्जेलाई काटेको, ताछेको र खुइल्याएको उदाहरण कोशभरि जताततै देख्न सकिन्छ । समग्रममा यो कोश पूरै विद्र्रूप बन्न गएको छ ।

यसबाट संयुक्त व्यञ्जनका बीचको पारपाचुके गराई सरलताका लागि, विद्यार्थीमैत्री बनाउनका लागि हो भन्ने कुरा वास्तविक अर्थमा ढाँठ हो, भ्रम हो र परिवर्तन तथा नवीनताका नाममा शब्दकोशलाई र शब्दकोशमार्फत नेपाली लेख्य मानकलाई भ्रष्टीकरण गरिएको हो भन्ने कुरा यसबाट छर्लंग हुँदैन र ? यो उपभोक्तामाथिको अन्याय पनि हो र नेपाली भाषाको लेख्य मानकबाट प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने विषय पनि हो भन्न मिल्छ कि मिल्दैन ?

भक्ति, शक्तिको क्ति चाहि ‘भक्ति, शक्तिका रूपमा क्ति हुने तर द्विजको द्वि चाहिँ ‘द्विज नभई द्वज हुने ? एउटामा मात्रा अगाडि आउने (जस्तै क्ति) र अर्कोमा चाहि ‘मात्रा अगाडि आउन नसक्ने दुई व्यञ्जनको बिचमा लुसुक्क छिरेर बस्ने (जस्तै द्वव) किन ? यो लेखन कसरी प्रविधिमैत्री भयो ? यस विषयमा हाम्रा लागि त यो रनभुल्ल पार्ने कुरा पो भयो, कसरी विद्यार्थीमैत्री भयो भनी विद्यार्थीहरूले सोच्न र सोध्न पाउने कि नपाउने ?

नेपालीमा सबैभन्दा बढी य्, र्, ल् तथा व्सित अन्य वर्णहरू संयुक्त व्यञ्जनका रूपमा आउने गर्छन् । धेरैजसो व्यञ्जन वर्णहरू यिनैसित संयुक्त भएर आउँछन् । यस क्रममा कतिपयले छुट्टै लिपिचि≈न लिन्छन् भने कतिपय उनै ध्वनि मिलेर संयुक्त रूपमा रहन्छन् । द्य, द्व, श्र, द्ध जस्ता संयुक्त वर्णको एउटा ढाँचा छ भने शृ, गृ, ह्र आदिको अर्को ढाँचा छ ।

रको प्रयोग पनि निश्चित परिवेशमा भिन्न हुन्छ (र, र्र्, , र्‍‍‍‍, आदि) । यस शब्दकोशले संयुक्त व्यञ्जनको खुट्टा काट्ने नियम प्रतिपादन गरेको छ । यसबाट लहरो तानिने मात्र होइन पहरो पनि गर्जन्छ ।

संयुक्त व्यञ्जनको खुट्टा काट्ने भनेपछि, त्यो नियम प्रतिपादन गरेपछि ह्र मात्र नभएर प्र, द्र, क्र ड्र लगायत कैयन् व्यञ्जनसित जोडिएर मिलेका संयुक्त व्यञ्जन सबैको खुट्टो काटिन्छ । काटेपछि सबै काटिन्छ । काटिँदै जान्छ । मैले गरेको जे पनि ठीक अरूले गरेको चाहिँ बेठीक भन्न मिलेन । नीति बनाएपछि, नीतिअनुसार कोश तयार गरिसकेपछि त्यसले त्यही काम गर्दै जान्छ । यसपछि त क्लान्त पनि क्लान्त हुन्छ, क्या पनि क्या हुन्छ, ख्याल पनि ख्याल हुन्छ, ग्लानि पनि ग्लानि हुन्छ र मास्नु पनि मास्नु हुन पुग्छ ।

द्को खुट्टा काटेर द्वारलाई द्वार गरेपछि ज्को खुट्टा काटेर ज्वार पनि ज्वार हुन्छ, ध्को खुट्टा काटेर ध्यान पनि ध्यान हुन्छ । हुँदाहुँदा हालसम्म प्रचलनमा रहेका मानक शब्द सबै खुइलिसक्छन् । य्, र्, ल् तथा व् सित जोडिन आउने सबै वर्णहरूको कन्तबिजोग हुन पुग्ने मात्र होइन, क्, ग्, स् लेखे भइहाल्यो किन क्, ग्, स् लेख्ने भन्ने कुरो स्वाभाविक बन्दछ । माथि दिइएका अमानक शब्दहरू यस कोश तयार पार्दाको असावधानीका उपज होइनन्, संयुक्त व्यञ्जनको खुट्टो काट्ने नीतिका परिणाम हुन् ।

यसलाई नेपाली बृहत् शब्दकोश २०७२ ले स्थापित गरेको संयुक्त व्यञ्जनको खुट्टो काट्ने मान्यताका रूपमा लिनुपर्छ जुन मान्यता कोशभरि छताछुल्ल देखिएको छ । संयुक्त व्यञ्जनको खुट्टा काट्ने कुरा लेखन ढाँचाका दृष्टिमा मात्र नभएर शब्दव्युत्पत्ति र पदव्याकरणका दृष्टिमा पनि बेठिक छ । संयुक्त व्यञ्जनका रूपमा रहेका शब्दहरूको प्रयोग स्रोत, व्युत्पत्ति र पदव्याकरण अर्थात् शब्दबनोट प्रक्रियाका आधारबाट पनि अनुपयुक्त छ । केही थोरै उदाहरणहरूको मात्र तल चर्चा गरिएको छ ।

द्धलाई द्ध गर्न मिल्दैन

- निबन्ध, प्रबन्ध, सम्बन्ध, अनुबन्ध, बन्धन, बन्धक, बन्धकी, बन्धित, बन्धु, बन्धुत्व, बन्धुता आदि सहजात शब्द हुन् । यी सबै शब्दमा बाँध्नु अर्थ दिने बन्ध् धातुको अस्तित्व विद्यमान छ । यी सबै बन्ध् परिवारका सदस्य हुन् र सबैले आबद्धता अर्थ वहन गरिरहेका छन् । शब्दव्याकरणका सहायताबाट यिनको अर्थबोध हुन्छ । बद्ध, आबद्ध, आवद्धता पनि यही बन्ध् परिवारका सदस्य नै हुन् । यिनमा बन्ध् + त (यहाँ भाषिक प्रत्यय तलाई लिइएको छ पराप्रत्यय क्तलाई लिइएको छैन) बाट बद्ध र बद्धमा आ उपसर्ग लागेर र न् ध्वनिको लोप भएर आबद्ध शब्द र आबद्धमा ता प्रत्यय लागेर आबद्धता बनेका हुन् ।

निबन्ध, प्रबन्ध, सम्बन्ध, अनुबन्ध, बन्धन, बन्धक, बन्धकी, बन्धित, बन्धु, बन्धुत्व, बन्धुतामा चाहिँ बन्ध् नै गर्ने अनि बन्ध् परिवारकै सहजात शब्द बद्ध, आबद्ध र आबद्धतालाई अलग्याएर बद्–ध, आबद्+ध र आबद्+धता कसरी बनाउने ? लेखन शिक्षणमा तल्ला कक्षामा बद्+ध, आबद्+ध, आवद्+धताका रूपमा बद्ध आबद्ध, आबद्धता सिकिसकेपछि कक्षा ७, ८ मा पदव्याकरण अर्थात् शब्दनिर्माण प्रक्रिया सिकाउँदा चाहिँ द् होइन ध् हो, बन्ध्मा रहेको न्को लोप भएर बध् भएको हो भन्नु पर्दा कसरी विद्यार्थीमैत्री भइएला ?

बद्धका सट्टा बद्ध सिकाउँदा बन्ध् परिवारबाट बद्ध, आबद्ध र आबद्धताको विच्छेदन भएको भ्रम उत्पन्न हुन्छ । यसो गर्दा पदव्याकरण डामाडोल हुन पुग्छ । द्धबाट ध्–त् अलग्गिनेमात्र होइन बद्ध, आबद्ध र आबद्धता शब्दको पुर्खा सम्बन्ध टुट्न सक्छ । बन्ध्सितको आनुवशिकताको अन्त हुन्छ ।

– ज्ञान अर्थ दिने बुध् धातुबाठ बनेका थुप्रै शब्द नेपालीमा प्रचलित छन्ः बोध, बोधन, प्रबोधन, उद्बोधन, सम्बोधन, सम्बोधित, सुबोध आदि । यी सबै बुध् धातुपरिवारका सहजात शब्द हुन् । सबैमा बुध् रूप रहिआएको छ । यही धातुपरिवारबाट बनेका शब्द हुन् बोद्धा, बुद्धि, बौद्ध, बुद्ध र बुद्धत्व शब्द जसमा बुध्–ता, बुध्+ति, बुध्+त, बुद्ध+अ, बुद्ध+त्व लागेका छन् । यिनमा ध्+त्को संयुक्त रूप द्ध भएको र धातु वा प्रकृतिमा आएको एउटा ध्वनि (ध्) र प्रत्ययमा आएको अर्को ध्वनि (त्) बाट द्ध भएकाले यसलाई बुद्+ध, बोद्+धा, बुद्+धिका रूपमा लिन मिल्दैन । यसमा आएकोे द्ध प्रकृति र प्रत्ययको मेलबाट बनेको साझा ध्वनिरूप भएकाले टुक्र्याउन मिल्दैन । द्धमा प्रकृतिको अंश पनि छ र प्रत्ययको अंश पनि छ ।

त्यसैले यो संयुक्त वर्ण हो । यो व्युत्पन्न लिपिचि≈न हो । यो द् तथा ध्भन्दा फरक रूपध्वन्यात्मक (मोर्फोफोनेमिक) परिवेशबाट व्युत्पन्न प्रकृति र प्रत्ययको साझा संकेत हो । यसको सम्बन्ध शब्दव्याकरण, व्युत्पत्तिशास्त्र र अर्थबोधको प्रक्रियासँग जोडिएको छ । अतः द्धलाई द्ध लेख्दा काम चलिहाल्छ सिकारुका लागि किन अर्को लिपिचि≈न द्ध सिकाउने झन्झट गर्ने भन्न मिल्दैन । स्रोत, व्युत्पत्ति र बनोटको शिक्षणमा साना कक्षामा लिपिशिक्षणका क्रममा टुक्र्याएर सिकाइएको कुरा असङ्गत साबित हुन्छ ।

– सबै द्ध ध्+तबाट बन्दैनन् । उद्धत शब्द उत् उपसर्ग भएको पिट्नु, मार्नु अर्थ दिने हन् धातुमा त प्रत्यय लागेर बनेको हो । उद्धतको द्ध ह्+त बाट बनेको हो, बुद्धमा जस्तो ध्+त बाट बनेको होइन । घमण्ड अर्थ दिने संस्कृतको उद्धतिको द्ध पनि ह्+त बाट बनेको हो (उद्+हन्+ति) । यसै गरी उत् उपसर्गमा आफूतिर खिच्नु, तान्नु, तानेर ल्याउनु भन्ने अर्थ दिने हृ धातुमा अन, अक र अ लागेर उद्धरण, उद्धारक, उद्धार शब्द बन्दछन् । यी सबैमा आएको द्ध ध्+त नभई ह्+त हो । यसै गरी उत् उपसर्ग भएको हु धातुमा अ लागेर उद्धव शब्द बन्दछ । यसमा रहेको द्ध पनि त्+ह हो ।

 

पदव्याकरण शिक्षणमा क्रममा यो कुरा स्पष्ट हुन्छ जसबारे ६, ७ कक्षामा पुगेपछि कुन शब्द कसरी बन्यो र त्यसको मूल अर्थ के हो भन्ने कुराबारे विद्यार्थीलाई जानकारी दिनुपर्छ । तर यस तथ्यका विपरीत यस शब्दकोशमा ह्+त्बाट द्ध बनेका सबै शब्दलाई द्+ध् का रूपमा लिई उद्-धरण, उद्-धारक, उद्-धार, उद्-धव गरिएको छ । ध्+त् बाट बनेको द्ध पनि द्+ध हुने र ह्+तबाट बनेको द्ध पनि द्+ध हुने त कुरै भएन । यी फरक फरक स्रोतबाट विकसित हुन् भन्ने कुरो यहाँ देखाइएको शब्दनिर्माण प्रक्रियाबाट स्पष्ट भइसकेको छ । ह्+त्बाट बनेको द्धलाई समेत द्+ध् मानी विद्यार्थीहरूमा प्रवाह गरिने यस किसिमको गलत सूचना र प्रतिकूल व्युत्पक्ति शिक्षण विद्यार्थीमैत्री कसरी हुन सक्छ ?

द्यलाई द्य गर्न पनि मिल्दैन

जान्नु, सिक्नु अर्थ दिने विद् धातुबाट वेद, वेत्ता, विदित, विद्या, विद्वान्, विदुषी, विद्वत्, शब्द बन्दछन् । यी सबै विद् धातुपरिवारका सदस्य हुन् । विद्या, विद्यार्थी, विद्यालय, विश्वविद्यालय सबै शब्दमा विद् धातुको अर्थ रहिरहेको छ । विद्या शब्द विद्+य+आ बाट बनेको हो । धातुका रूपमा रहेको विद्को द् तथा प्रत्ययका रूपमा रहेको य मिलेर द्य बनेको छ । यो सन्धिजनित संयुक्त वर्ण हो ।

द्योतित, द्योतक, द्युति, द्योतन शब्द चाहिँ प्रकाशित हुनु, चम्कनु अर्थ दिने द्युत् धातुबाट बनेका हुन् । यिनमा रहेको द्युत् द्+युत् होइन । यसको मूल नै द्युत् हो । यही द्युत् धातुमूलबाट त, अक, ति, अन आदि प्रत्यय लागेर द्योतित, द्योतक, द्युति, द्योतन आदि शब्द बनेका हुन् । यो द्य विद्यामा भएको द्य जस्तो सन्धिजनित संयुक्त वर्ण होइन, धातुमूलमा नै रहेको वर्ण हो । चम्कनु, प्रकाश दिनु भन्ने अर्थ भएको यही द्युत्मा वि उपसर्ग लागेर विद्युत् (वि+द्युत्) शब्द बन्दछ ।

यसलाई विद्+युत् त गर्न नै मिल्दैन । विद्युत्मा विद् छैन, वि उपसर्गमात्र छ र त्यसपछि द्युत् छ जुन द्युत् द्+युत् होइन, द्युत् हो । यस शब्दकोशमा भने विद्युत्लाई पनि यसको शब्दमूल, व्युत्पत्तिस्रोत र शब्दबनोटको प्रक्रिया विपरीत विद्या, विद्वत्, विद्वान्, संवेद्यमा रहेको धातुमूल विद्सित नै जोडेर विद्+युत् बनाइएको छ । धातुमूलमा रहेको द्य र शब्दनिर्माणका क्रममा द् तथा य मिलेर बनेको सन्धिजनित संयुक्त वर्ण द्यका बीचमा कुनै विभेद छैन । सबै द्यलाई एउटै कोटरीमा राखी मुण्डन गरिएको छ ।

विद्युत्लाई व्+द्युत् नगरी विद्+युत् गराइएको हुँदा अब विद्युत् शब्दले प्रकाश अर्थ बुझाउन छोड्नुपर्ने भयो, विद्+युत् गरिएको हुँदा अब यसले ज्ञान भन्ने अर्थ दिने भयो । विद्युत्ः विद् अर्थात् ज्ञानले युत अर्थात् युक्त भन्ने भयो । वास्तवमा लिपि फरक र व्याकरण फरक विषय भएकाले लिपिमा जे गर्दा पनि हुन्छ भन्न मिल्दैन । पदव्याकरणसँग सम्बद्ध लिपिचि≈नहरूलाई अलग्याउँदा व्युत्पत्ति, शब्दबनोट र त्यसले दिने अर्थलाई नहेरी हुँदैन । यस कुरालाई यस कोशमा तिलाञ्जली दिइएको छ ।

निष्कर्ष

यी केही सीमित उदाहरणहरू हुन् । य्, व्, र् ल्सँग जोडिन आउनेमात्र नभएर अन्य सबै संयुक्त व्यञ्जनले यस्तै सन्दर्भलाई समेटेका छन् । संयुक्त व्यजनलाई अलग्याउने कुराको असरबारे निकै नै लामो शृंखलाबद्ध फेहरिस्त तयार हुन्छ । यस्ता भाषिक तथ्य र आधारहरूलाई वास्तै नगरी संयुक्त शब्दको पारपाचुके गरिहिँड्नु प्राज्ञिक कार्य होइन । यो लहडबाजीको विषय होइन, अड्कलबाजीको विषय पनि होइन र यसो गरिदिऊँ न त भनेर गरिहाल्ने विषय पनि होइन ।

यसको सम्बन्ध व्युत्पत्तिशास्त्र, शब्दस्रोत, पदव्याकरण र प्रचलित अभ्याससँग जोडिएको छ । यसमा अघोषित रूपमा रहेका भाषिक आधारहरू छन्, भाषाका सहज प्रवृत्तिगत आधारहरू छन् र तिनलाई खोतलेर नियमन गर्ने काम हचुवा र मोलमोलाइमा हुन सक्दैन । हामीले गरेका परिवर्तनहरू लेख्यपरम्परामा सहज रूपमा प्रवाहित हुन सक्ने हुनुपर्छ ।

भाषाको समग्र प्रवृत्तिलाई नठम्याई, कुन नियमनको प्रभाव भाषाको अर्को क्षेत्रमा के कस्तो पर्छ भन्ने कुराको हेक्का नै नराखी, बहस, छलफल, विमर्श, अन्तर्मन्थन नै नगरी नियम थोपर्ने र दिग्भ्रमित तुल्याउने अनि असंगतिहरू देखेपछि त्यसलाई नसच्याई मेरो गोरुको बाह्रै टक्का गरी हिँड्ने प्रवृत्ति ठीक होइन । साझा संस्था र निकायले यसमा अझ गम्भीर रूपमा ध्यान पुर्‍याउनुपर्छ । भाँडभैलो मच्चिने गरी यसरी भाषामा छुरा चलाउने काम त गर्नै हुँदैन ।
–प्रमुख, नेपाली केन्द्रीय विभाग


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.