रक्तदानको आवश्यकता किन ?

रक्तदानको आवश्यकता किन ?

हरेक नसामा मुटुमार्फत दौडिने रातो तरल पदार्थ रगत हो । रगतले मांसपेशीमा आवश्यक तत्वहरू पुर्‍याउने र अनावश्यक बिकार फ्याल्ने महŒवपूर्ण काम गर्छ । जब एक स्वस्थ व्यक्तिले स्वइच्छाले आफ्नो रगत दिन्छ र त्यस रगत रक्त–आधान (ट्रान्सफ्युजन) को लागि प्रयोग गरिन्छ । यसलाई नै रक्तदान भनिन्छ ।

एउटा सामान्य स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । रक्तदान गर्दा एक प्रिन्ट गरिन्छ । दुर्घटना, प्रसूति शल्यक्रिया तथा रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीहरूलाई यो रगत सञ्चार गरी बचाउन सकिन्छ ।

यसरी रक्तदान गरेर मृत्युको मुखमा पुगेका व्यक्तिको अमूल्य जीवन बचाउन सकिन्छ । विकसित देशहरूमा अधिकांश रक्तदाता अवैतानिक स्वयंसेवक हुन्छन् जो सामुदायिक आपूर्तिका लागि रक्तदान गर्छन् भने गरिब देशहरूमा आपूर्ति सीमित भएका कारण सामान्य परिणाम वा साथीभाइको लागि आवश्यकता भएमात्र रक्तदान गर्ने गर्छन् ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पश्चिमी देशगा पहाडी भागमा बिरामी तथा प्रसूति महिलाले आवश्यक रगत नपाएर मृत्युको सिकार हुन पुगेका छन् । देशभित्रका विभिन्न सहर, जिल्ला र विकास क्षेत्रहरूमा दर्जनौं सरकारी तथा गैरसरकारी निजी अस्पतालहरू भए तापनि दुर्गम इलाकाका भेगका मानिसको स्वस्थ्य उपचारको लाभ लिन पाएका छैनन् जसका कारण स्वस्थ्य उपचार अझ पनि पिछडिएको छ ।

रक्तदान गर्न सामान्यतया १८ वर्ष पुगेको हुनुपर्छ । यसका साथै विद्यार्थीका लागि यो काम झन् महत्वपूर्ण हुन्छ । विद्यार्थीले अठार वर्ष पुगेपछि आफ्नो स्वस्थ्य राम्रो छ भने रक्तदान सुरु गर्नु बेस हुन्छ । रक्तदातालाई विश्वभर इज्जत गरिन्छ ।

व्यक्ति कत्तिको दानी छ, कतिको निस्वार्थ छ र मौका पर्दा अर्कालाई कति कोण सहयोग गर्न सक्छ भन्ने थाहा पाउनको लागि रक्तदान एउटा राम्रो आधार बन्छ । रक्तदान गर्दा रगतसँगै मानिसको प्रेम, आशा, भरोसा, आस्था र विश्वास पनि प्रकट हुन्छ । रक्तदान एक दानमात्र होइन, यो त आफू, आफ्नो परिवार र आफ्नाहरूको रगतसम्बन्धी बिमाजस्तै हो ।

बालबालिका तथा बूढाबूढी वृद्धवृद्धाहरूमा युवाहरूमा भन्दा थोरै मात्रामा राता रक्तकोषहरू भएका हुनाले रक्तदान गर्न सक्दैनन् । त्यसकारण रक्तदानको लागि युवा वर्गहरूको ठूलो भूमिका रहन्छ ।

रक्तदाताहरूले तीनतीन महिनामा विभिन्न रक्तदान शिविर, रक्तदान कार्यक्रमहरूमा रगतदान गरी आकस्मिक उपचारका लागि रगत संकलन गर्न सक्छन् । यसका लागि सरकारी निकाय, रेडक्रस सोसाइटी, रक्त सञ्चय कोष आदिले समयसमयमा रक्तदान कार्यक्रम सञ्चालन गरी रक्तदाताहरू बढाई रगतको अभावमा मृत्युको मुखमा पुगेका बिरामीहरूलाई अमूल्य जीवन बचाउन सकिन्छ ।
सरिता तामाङ
कक्षाः १०


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.