दसैँपछि मेचीको ठूलो जलविद्युत काबेली ‘ए’ को निर्माण सुरु

दसैँपछि मेचीको ठूलो जलविद्युत काबेली ‘ए’ को निर्माण सुरु

ताप्लेजुङः मेची अञ्चलकै ठूलो जलविद्युत आयोजनाको रुपमा रहेको ३७ दशमलव ६ मेघावाट क्षमताकोे काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अबको एक महिनामा सुरु हुने भएको छ ।

चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले आफूहरुले चाँडै काम सुरु गर्ने तयारी गरिरहेको आयोजनाका प्रवर्धक प्रदीपकुमार श्रेष्ठले बताए ।

ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी गरिरहेको यो आयोजना निर्माणका लागि लगानीको समस्या नभएकाले तीन वर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाइ छ ।
झिझ्याङ, टीडब्लु र सीडब्लु नामक तीन ओटा चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको यो आयोजना निर्माणको काम यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालीले सुरु गरेको थियो । तर उक्त कम्पनीले स्थानीय बासिन्दासँगको सम्झौता विपरित काम गरेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएपछि आयोजना निर्माण हुन सकेको थिएन ।
निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले भने स्थानीयको सहभागितामा नै आयोजना निर्माण गर्ने योजना बनाएको छ ।
काबेली आयोजनामा पूर्वाधार निर्माणको काम भइरहेको छ । आयोजना प्रभावित क्षेत्रमा हाल धमाधम सडक निर्माणको कामलाई तिव्रता दिइएको छ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङखोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिम चरणमा पुगिसकेको आयोजनाले जनाएको छ ।
यी गाविसहरु आयोजना प्रभावित क्षेत्रमा पर्छन् । अमरपुरका २ र ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किलोमिटर सुरुङमार्गद्वारा अमरपुर ९ पिनासी घाटको पावर हाउसमा पानी खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो ।
बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत लगानीबाट उक्त आयोजनाको काम सुरु गरिएको हो । १० अर्बको लगानीमा आयोजना निर्माण गर्न लागिएको हो । स्थानीय बासिन्दासँग भएको सम्झौता बमोजिम अहिले विवादित विषय मिलाएर काम सुरु गरिएकोले सन् २०२० मा हाइड्रो निर्माणको कामले पूर्णता पाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.