सौर्य एयर ग्राउन्डेड

सौर्य एयर ग्राउन्डेड

काठमाडौं: निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरको जहाज ग्राउन्डेड भएको (बिग्रिएर थन्किएको) छ । बुधबार बिहान विराटनरबाट काठमाडौं आएपछि जहाजको कोपाइलटतर्फ अगाडिको झ्यालको सिसा टुटेको छ । सिसामा देखिएको सानो क्र्याकले पनि विन्डो हिटमा समस्या आउँछ । सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर जहाज ग्राउन्डेड गरिएको सौर्य एयरलाइन्सले जानकारी दिएको छ ।

ग्राउन्डेड जहाज मर्मत गरेर उडान गर्न करिब चार दिन लाग्ने सौर्य एयरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । उनका अनुसार झ्यालको सिसा नै फेर्नुपर्ने र त्यो सामान अमेरिकारबाट मगाउनुपर्ने भएकाले समय लाग्ने भएको हो । यो सामानका लागि करिब ३० देखि ४० लाख रुपैयाँ खर्चलाग्ने उनको भनाइ छ ।

जहाज ग्राउन्डेड हुँदा सौर्यका दैनिक पाँचवटा उडान प्रभावित भएका छन् । सौर्यसँग एउटा मात्रै जहाज भएकाले सानो प्राविधिक समस्या आउँदा पनि शत्प्रतिशत उडान रद्द हुने भट्टराईले बताए ।

सीआरजे २०० नामक जहाज उडाइरहेको सौर्यले काठमाडौंबाट नेपालगन्ज, विराटनगर र भद्रपुरमा गरी दैनिक पाँच ६ वटा उडान सञ्चालन गरेको छ । यो जहाजको सबै उडान रद्द हुँदा दैनिक दुई सयदेखि दुई सय ५० जना यात्रु प्रभावित भएका छन् ।

आकस्मिक टिकट पाउन पनि समस्या

यात्रु चाप बढेकाले कुनै यात्रुले आकस्मिक टिकट लिनुपर्दा उपलब्ध गराउन सक्ने अवस्था नरहेको बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले बताए । उनका अनुसार बुद्ध एयरले दैनिक ३६/३७ वटा उडान विभिन्न गन्तव्यका लागि गरिरहेको छ । यात्रु चाप बढी हुने गन्तव्यमा अतिरिक्त उडान थप गर्दा पनि टिकट नपाइने समस्या बढेको उनले बताए ।

बुद्धले सबैभन्दा बढी उडान काठमाडौंबाट छोटो गन्तव्य भए पनि भरतपुरको लागि गरेको छ । यो गन्तव्यमा मात्रै दैनिक आठवटासम्म उडान भइरहेको बुद्धले जानकारी दिएको छ । बुद्धले अन्य समयमा दैनिक दुईवटा मात्रै उडान गर्ने यो गन्तव्यमा दसैं र मुग्लिन–नारायगढ सडकखण्डमा हुने सवारी जामका कारण उडान चाप बढेको छ ।

स्थलमार्गबाट यात्रु गन्तव्य समयमा नै पुग्ने भर नभएकोले पनि काठमाडौंबाट भरतपुरसम्म टिकट लिने र पूर्व र पश्चिमका गन्तव्यमा जाने गरेको बुद्ध एयरको भनाइ छ । अन्य वायुसेवा कम्पनीले पनि यात्रु चाप बढेको बताएका छन् । आन्तरिक उडानमा बुद्ध, यती, तारा, वायुसेवा निगम, सिम्रिक एयरको उडान सञ्चालन भए पनि दसैंका कारण सबै गन्तव्यमा उडान चाप रहेको उल्लेख छ । इन्फोजहाज ग्राउन्डेड हुँदा सौर्यका दैनिक पाँचवटा उडान प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.