एसियामा जिका भारस फैलने विश्व स्वास्थ्य संगठनको चेतावनी
एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसियाली देशमा जिका भाइरसको संक्रमण फैलने चेतावनी दिएको छ ।
अहिलेसम्म सिंगापुरमा सयौंमा जिकाको संक्रमण भएको अनुमान गरिएको बिबिसीले जनाएको छ । थाइल्याण्डमा यसअघि नै दुई जनामा जिका भाइरस भैसकेको पुष्टि भएको छ ।
लामखुट्टेको टोकाईबाट हुने जिकाको सक्रमण विश्वका ७० देशमा देखिएकोमा कम्तिमा पनि १९ एसिया प्रसान्त क्षेत्र छन् ।
डब्लुएचओका निर्देशक मार्गेट चानका अनुसार विज्ञले अझैपनि जिका विरुद्ध लड्ने औषधिको खोजी गरिरहेका छन् ।