भारतमा ब्रिक्स व्यापार मेला सुरु: ‘एक्जिबिटरस डाइरेक्टरी’मा नेपालको नामसम्म छैन्

भारतमा ब्रिक्स व्यापार मेला सुरु: ‘एक्जिबिटरस डाइरेक्टरी’मा नेपालको नामसम्म छैन्

नयाँदिल्लीः पहिलो ब्रिक्स ट्रेड फेयर (ब्रिक्स व्यापारिक मेला) बुधबारदेखि शुरु भएको छ । नयाँदिल्ली स्थित प्रगति मैदानमा शुरु भएको मेलामा भारतलगायत चीन, रसिया, ब्राजिल, साउथ अफ्रिकाका सँगै बिमस्टेक सदस्य राष्ट्रको सहभागिता रहेको छ ।

तीन दिने फेयरमा नेपालका तर्फबाट वाणिज्य मन्त्री रोमी गौचन बिहीबार सहभागी हुने कार्यक्रम रहेको छ । गौचन विहीबार साँझ ४:४५ मा जेट एयरको विमानबाट दिल्ली आउने कार्यक्रम रहेको भारत स्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

ब्रिक्सका पाँच र विमस्टेकका सात सदस्य राष्ट्रका तीन सय बढी स्टल राखिएका छन् । नेपालमा लगानीको अवस्था बारे जानकारी दिनका लागि पेभिलियन भएपनि उद्योग ब्यापारको प्रतिनिधित्व गर्ने एउटा पनि स्टल देखिएन ।

पेभिलियनमा नेपाल बारे जानकारी दिन एउटा बुकलेट ‘नेपाल इन्भेष्टमेन्ट गाइड’ राखिएको छ । आयोजक संस्थाले प्रकाशित गरेको दुई सय ६० पेजको ‘एक्जिबिटरस डाइरेक्टरी’मा नेपालको नाम समेत छैन् । उद्योग व्यापारसँग सम्बन्धित एउटा पनि स्टल नभएको हुँदा नेपालको नाम नरहेको स्रोतको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाका अनुसार सरकारका तर्फबाट लगानी बोर्डले सबै समन्वय गरेकाले महासंघ ब्रिक्समा संलग्न भएन । यता लगानी बोर्डले भने निजी क्षेत्रलाई पटक पटक जानकारी दिँदा पनि उत्साह नदेखाएको दाबी गरेको छ ।

मेलाको पहिलो दिन बिमस्टेको सदस्य रहेको नेपालको पेभिलियनमा लगानी तथा सम्भावनाका अवसरबारे अवलोकनकर्तालाई लगानी बोर्ड, नेपाल उद्योग परिसंघका प्रतिनिधीले जानकारी प्रदान गरेका थिए ।

बुधबार साँझसम्म २५ बढी अवलोकनकर्ताले पेभिलियनबाट जानकारी लिएको परिसंघका निर्देशक देबेन्द्र यादवले बताए । अवलोकनकर्ताले बढी औषधि उत्पादन, फुड तथा जलविद्युतका क्षेत्रको सम्भावनाका बारेमा जानकारी लिएको उनले बताए ।

‘बिक्समा नेपालको भूमिका खासै नहुने भएपनि भारतमा आयोजान गरिएको हुनाले यो ट्रेड फेयर राम्रो प्लेटफार्म बन्न सक्थ्यो’, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी ज्ञानेन्द्रलाल प्रधानले भने । बिहीबारको इनर्जी सेसनमा सहभागी हुन प्रधान बुधबार साँझ मात्रै दिल्ली आइपुगेका हुन ।

भारतको उद्योग वाणिज्य मन्त्रालय तथा विदेश मामिला मन्त्रालय तथा भारत उद्योग वाणिज्य महासंघ( फिक्की) को संयुक्त आयोजनामा भएको फेयरमा पहिलो दिन भारत लगायत ब्राजिल, साउथ अफ्रिका, रसियाले लगानीका संभावनाबारे विभिन्न सत्र संचालन गरेका छन् ।

त्यस्तै ब्रिक्स सदस्य राष्ट्रहरुबीच वित्तीय समन्वयका बारेमा पनि छलफल भएको छ । दोश्रो दिन पावर तथा इनर्जी सेक्टरमा विभिन्न सत्रहरु संचालन हुने कार्यक्रम रहेको छ ।

सँगै अन्तिम दिन शुक्रबार चीनले लगानीका संभावना तथा अवसरका बारेमा सम्मेलन नै आयोजना गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.