भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहण सुरु

भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहण सुरु

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनबहादुर शाहीले सात प्रदेशमा पर्यटन पूर्वाधार विकासका लागि गुरुयोजना तयार भइरहेको जानकारी दिएका छन् ।

रिपोर्टर्स क्लबले गरेको अन्तरक्रियामा उनले भैरहवा विमानस्थल विस्तार र निजगढमा जग्गा अधिग्रहणका लागि काम अगाडि बढेको बताए ।

कार्यक्रममा एमाले नेता लालबाबु पण्डितले मुलुकमा विद्यमान समस्या समाधानका लागि दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयनको चरण पूरा भएपछि संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिए ।

नेकपा (माओवादी) केन्द्रका नेता दीनानाथ शर्माले दलहरुको एकताका कारण देशमा संविधान जारी भएको बताउँदै अब पनि देशको समस्या समाधानका लागि दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले संविधान संशोधनका लागि सरकारले आवश्यक कार्य अगाडि बढाउन नसकेको आरोप लगाए ।

उनले छठसम्म पनि संविधान संशोधनको कार्यले मूर्त रुप लिन नसकेमा आफ्नो दलले सरकारविरुद्ध विभिन्न गतिविधि गर्ने प्रस्ट पारे । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.