म विश्वकै उत्कृष्ट खेलाडी हुँः रोनाल्डो

म विश्वकै उत्कृष्ट खेलाडी हुँः रोनाल्डो

मड्रिडः पोर्चुगलका कप्तान तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू विश्वकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।

पोर्चुगललाई पहिलो पटक युरोकप सन् २०१६ को उपाधि जिताएका रोनाल्डो आफू विश्वै उत्कृष्ट खेलाडी रहेकोमा कुनै शंका नरहेको र आफू चोटमुक्त भएर पुरानै लयमा फर्किएको दाबी गरेका हुन्।

पोर्चुगलका कप्तान रोनाल्डोले यसै वर्ष च्याम्पियन्स लिग र युरोकप फुटबलको उपाधि जित्दै फिफा बेलोन डि’अरको उपाधिका लागि प्रमुख दाबेदारी प्रस्तुत गरेका छन्। ‘म विश्वकै उत्कृष्ट खेलाडी हुँ,’उनले एक पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका छन्,‘अझै बलियो हुन मैले प्रत्येक दिन कडा मेहनत गरिरहेको छु।’

‘म सधैं आफ्नो खेलको स्तरलाई आफै सुधार्न चाहन्छु। सायद यहि कारण मैले मैदानमा सफलता पाइरहेको छु,’रोनाल्डोले भने। ३१ वर्षीय रोनाल्डो फ्रान्सविरुद्धको युरोकप फाइनलमा घाइते भएपछि केही समय अघिमात्रै चोटमुक्त भएर मैदान उत्रिएका हुन्। यो सिजनको सुरुमा लय पर्कन नसकेका रोनाल्डो अहिले फर्ममा छन्।

उनले पोर्चुगलका लागि खेलेका पछिल्ला दुई खेलमा उनले पाँच गोल एक्लैले गरेका छन्। यसले पनि रोनाल्डो लयमा फर्किएको प्रमाणित गर्दछ।
‘युरोकपको फाइनलमा म चोटग्रस्त भए र झन्डै साढे दुई महिना फुटबलबाट टाढा रहे। तर अहिले ठीक भइसकेको छु र सहज महसुस गरिरहेको छु,’रोनाल्डोले भने। रोनाल्डोले आफू आफ्नो पुरानो लयमा फर्किएको र सिजनको सुखद अन्त्यका लागि तयार रहेको बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.