वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

वनारस घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

भारतः वनारसको बाहिरी इलाकामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार साँझसम्म २४ पुगेको भारतीय प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका अन्य २० जना भक्तजनमध्ये अझै केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेश धार्मिक महत्व बोकेको प्रसिद्ध सहर वनारसमा गुरुदेवका समर्थकद्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा आयोजकको अपेक्षाभन्दा बिसौँ गुणा बढी मानिस जम्मा भएपछि स्थानीय एक पुलमा भीड बढेपछि प्रहरीले सहभागीलाई पुलबाट फिर्ता गर्ने क्रममा भागदौड मच्चिएपछि उक्त दुर्घटना भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय अधिकारीसँग कुराकानी गरेको र घटनामा ज्यान गुमाउने मृतकका आफन्तजनलाई दुई लाख राहतसहयोग दिने घोषणा गरेका छन् । साथै उत्तर प्रदेश सरकारले मृतकका परिवारलाई पाँच लाखको राहत सहयाग घोषणा गरेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.