आतंकवादको जननी भारतकै छिमेकी देश होः मोदी

आतंकवादको जननी भारतकै छिमेकी देश होः मोदी

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको नाम नलिइ आतंकवादको जननी भएको आरोप लगाएका छन्।

आइतबार ब्रिक्स सम्मेलनमा बिमस्टेक सदस्य राष्ट्रलाई सम्बोधन गर्दै मोदीले पाकिस्तान आतंकवादको जननी भएको भन्दै आक्रोश व्यक्त गरे ।

मोदीले आर्थिक समृद्धिका लागि आतंकवाद खतरा रहेको उल्लेख गर्दै त्यो आतंकवादको जननी भारतकै छिमेकी देश पाकिस्तान भएको भन्दै पाकिस्तानतर्फ आक्रोश व्यक्त गरेका हुन् ।

‘हाम्रो आर्थिक समृद्धि, सुरक्षा र विकासको सबैभन्दा ठूलो खतरा आतंकवाद हो तर दुःखद यो छ कि यसको जननी भारतको एक छिमेकी देश हो,’ मोदीले भने ।

मोदीले विश्वभरको आतंकवादको मोडल समेत पाकिस्तानसँग जोडिएको आरोप लगाए । सम्बोधनमा पाकिस्तानप्रति आक्रोशित रुपमा प्रस्तुत भएका मोदीले थपे, ‘विश्वभरको आतंकवादको मोडल यो देशसँग जोडिएको छ, यो देशले आतंकवादीलाई शरण मात्र नदिई आतंकवादको मानसिकतालाई समेत बढवा दिएको छ ।’

मोदीले ब्रिक्स देशलाई पाकिस्तानको आतंकवादविरुद्ध एक हुन र कारबाही गर्न सायोग समेत मागेका छन् । ‘हामी यो मानसिकताको निन्दा गर्दछौँ’, मोदीले भने, ‘ब्रिक्स देशले एकजुट भएर कारबाही गर्नुपर्छ ।’

भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशासित कश्मिरको उरीमा भएको आतंकवादी आक्रमण पाकिस्तानले गरेको भन्दै पाकिस्तानलाई विश्व समुदायबाट एक्ल्याउने योजनासहित ब्रिक्स सम्मेलनमा पाकिस्तानविरुद्ध कडा अभिव्यक्ति दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.