‘मोदी कोट’ उपहार पाउने राष्ट्रप्रमुख को को हुन् ?

‘मोदी कोट’ उपहार पाउने राष्ट्रप्रमुख को को हुन् ?

काठमाडौँः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा सहभागी ब्राजिल, चीन, रुस र दक्षिण अफ्रिकाका राष्ट्रप्रमुखलाई ‘मोदी कोट’ उपहार दिएका छन् ।

ब्रिक्स राष्ट्रका सरकार एवम् राष्ट्रप्रमुखलाई मोदीले फरक–फरक रंगका ‘मोदी कोट’ उपहार दिएका हुन् ।

भारतको गोवामा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी भएका ब्राजिलका राष्ट्रपति मिचेल टिमर र चिनियाँ राष्ट्रपति सी जिङपिङलाई रातो एवम् रुसका राष्ट्रपति भ्यालदिमिर पुटिनलाई निलो र दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई खैरो कोट उपहार दिएका छन् ।

मोदीले चार राष्ट्रप्रमुखलाई उपहार दिएको कोटसँगै तस्बिर खिचाएका छन्। तस्बिमा मोदी बीचमा छन् भने बाया ब्राजिलका राष्ट्रपति मिचेर र चिनियाँ राष्ट्रपति सी छन् । दायाँतर्फ रसियाका राष्ट्रपति पुटिन र अफ्रिकाका राष्ट्रपति जुमा मुस्कुराएर उभिएका छन् ।

मोदीले आफूले दैनिक लगाउने कोट चीन, ब्राजिल, रुस र अफ्रिकाका राष्ट्रप्रमुखलाई उपहार दिएका हुन् । मोदीको उपहार कोट ब्राजिल र चीनका राष्ट्रपतिलाई ठिक्क मिलेको देखिन्छ । दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई दिइएको कोट ठूलो भएको छ भने पुटिनले लगाएको कोट टिमिक्क देखिन्छ । मोदी कोटमा खिचिएको अर्को तस्बिर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.