नेपालको समूहमा तीन टोली

नेपालको समूहमा तीन टोली

काठमाडौः कात्तिक १७ देखि ३० गतेसम्म मलेसियामा आयोजना हुने एएफसी सोलिडारिटी कप फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेल टिमोर लिस्टेसँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार सार्वजनिक गरेका खेल तालिकाअनुसार नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग खेल्नु पर्ने थियो । तर आइतबार नै बंगलादेशले प्रतियोगिता नखेल्ने निर्णय गरेपछि नेपालले पहिलो खेलमा टिमोर लेस्टेलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो ।

सोलिडारिटी कपमा नेपाल समूह ‘ए' मा परेको छ । बंगलादेशले प्राविधिक कारण देखाउँदै भाग नलिने निर्णय गरेपछि समुहमा नेपालले एक खेल जितेमा सेमिफाइनल यात्रा पक्का हुनेछ । नेपालको समूहमा टिमोर लिस्टे र ब्रुनाई रहेका छन् ।

नेपालले समूहको पहिलो कात्तिक २० गते टिमोर लिस्टे र अन्तिम खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । यसअघि नेपालकै समूहमा पाकिस्तानसमेत रहे पनि पाकिस्तानले प्राविधिक कारण देखाएर प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको थियो ।

सात टोली सम्मिलित उक्त प्रतियोगिताको समूह ‘बी' मा श्रीलंका, लाओस, मकाउ र मंगोलियाबीच प्रतिस्पर्धा हुनेछ । लिग कम नकआउटका आधारमा खेलिने उक्त प्रतियोगितामा समूहका दुई उत्कृष्ट टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

सेमिफाइनल खेल कात्तिक २७ र फाइनल खेल कात्तिक ३० गते खेलिनेछ । एएएफसीले एएफसी च्यालेन्ज कप आयोजना गर्न छाडेपछि त्यसैको सट्टामा यस वर्षदेखि सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

एएफसीले सन् २०१८ को विश्वकप छनोट र सन् २०१९ को एसिया कप छनोट चरणबाट बाहिरिएका टोलीलाई सोलिडारिटी कोर्समा सहभागिता जनाउन लागेको हो । विश्वकप छनोटका लागि भएको प्रारम्भिक छनोट खेलमा नेपाल भारतसँग पराजित हुँदै बाहिरिएको थियो । नेपाली टोलीले करिब आठ महिनापछि औपचारिक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

नेपाली टोलीले आठ महिनाअघि बंगबन्धु गोल्ड कप र भारतको गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेको थियो । दसैंको बिदापछि नेपाली टोलीले आइतबारदेखि नै सोलिडारिटी कोर्सका लागि अभ्यास सुरु गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.