कट्टरपन्थी नेतालाई फाँसी

कट्टरपन्थी नेतालाई फाँसी

ढाकाः बंगलादेशमा प्रतिबन्धित कट्टरपन्थी समूहका वरिष्ठ नेता असदुल इस्लामलाई सन् २००५ मा बम आक्रमण गराएको आरोपमा आइतबार फाँसी दिइएको छ । उक्त आक्रमणमा दुईजना न्यायाधीशसहित एक हिन्दु धर्मावलम्बी मारिएका थिए ।

आरिफ नामले चिनिने उनी जमातुल मुजाहिद्दिन बंगलादेश (जेएमबी) का नेता थिए । सर्वोच्च अदालतको आदेश पालना गर्दै उनलाई स्थानीय समयअनुसार आइतबार राति १०ः३० मा खुलना जेलमा फाँसी दिइएको थियो ।

जेएमबीका संस्थापक शायख अब्दुर रहमान एवं आरिफसहित ६ जना वरिष्ठ नेतालाई सन् २००९ मा फाँसीको सजाय सुनाइएको थियो । एक मिनीबसमा जेएमबीले गराएको विस्फोटमा न्यायाधीशद्वय जगन्नाथ पारे एवं सोहेल अहमद मारिएका थिए ।

आरिफबाहेक अरू सबै दोषीलाई सन् २००७ को मार्चमा फाँसी दिइएको थियो । आरिफ भने फरार भएकाले त्यतिखेर बचेका थिए । बंगलादेशको प्रहरीले सन् २००७ को जुलाईमा उनी गिरफ्तार भएका थिए । आफू निर्दोष रहेको भन्दै उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।

ढाकामा गत जुलाई १ तारिखमा रेस्टुराँमा भएको आतंकवादी आक्रमणमा जेएमबीलाई जिम्मेवार ठहर्‍याइएको थियो । विदेशी पर्यटक जाने गरेको उक्त रेस्टुराँ आक्रमणमा २२ जना मारिएका थिए । रेस्टुराँमा नृशंस आक्रमण भएपछि बंगलादेशमा जेएमबीप्रति सबै आक्रामक बनेका थिए ।

विभिन्न क्षेत्रबाट उक्त संगठनलाई कडा कारबाही गरिनुपर्ने माग उठेका थिए । बंगलादेशको अदालतले पनि आरिफको पुनरावेदन अस्वीकार गरिदिएको थियो । प्रधानन्यायाधीशले आरिफलाई यसअघिकै आदेशअनुसार कारबाही गर्न मिल्ने निर्णय सुनाएका थिए ।

जेएमबीको स्थापना सन् १९९० मा भएको थियो । बंगलादेशमा सरिया कानुन लागू हुनुपर्ने माग राखी जेएमबीका कार्यकर्ताले आक्रमण गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.