पाकिस्तान आतंकवादको जननी होइन, हाम्रो घनिष्ट मित्र होः चीन

पाकिस्तान आतंकवादको जननी होइन, हाम्रो घनिष्ट मित्र होः चीन

एजेन्सीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान ‘आतंकवादको जननी’ भएको आरोप लगाए लगत्तै चीनले पाकिस्तानको बचाऊ गरेको छ ।

मोदीले पाकिस्तानलाई आतंकवादको जननी भएको आरोप लगाए लगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनिंगले पाकिस्तान आतंकवादको जननी नभएर चीनको घनिष्ट भित्र भएको प्रतिक्रिया दिएकी हुन् ।

 चीनजस्तै पाकिस्तानले समेत आतंकवादको विरोध गर्ने बताउदै उनले भनेकी छिन्, ‘पाकिस्तान चीनको घनिष्ट भित्र हो ।’  

चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ताले पाकिस्तानलाई धर्म र आतंकवादसँग जोड्नु नहुने समेत बताएकी छिन् । ‘हामी लामो समयदेखि आतंकवादको विरोध गरिराखेका छौँ । कुनै पनि जाति वा धर्मसँग आतंकवादलाई जोड्नेको हामी सधैँ विरोध गर्छौँ ।’

प्रवक्ता हुआले पाकिस्तानले विश्व समुदायका लागि गरेको बलिदानको स्वीकार गर्न समेत सबैलाई आग्रह गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.