बराबरीमा रोकिए युनाइटेड र लिभरपुल 

बराबरीमा रोकिए युनाइटेड र लिभरपुल 

लिभरपुलः इङ्लिस प्रिमियर लिग फुटबलको सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजासँगै इङ्लिस फुटबलका यी दुवै प्रभावशाली टोलीले अंकतालिकामा माथि उक्लने अवसर गुमाएका छन् । लिभरपुलको मैदानमा भएको खेलमा म्यान युनाइटेडका खेलाडीले अधिकांश समय खुट्टामा बल नचाए पनि गोल भने गर्न सकेनन् ।

अनुभवी प्रशिक्षक जोसे मोउरिन्होको नेतृत्वमा रहेको म्यान युनाइटेडले आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा गोल गर्न नसकेको करिब १० महिनाको अवधिमा यो पहिलो पटक हो ।

प्रशिक्षक मोउरिन्होले आफ्ना खेलाडीले प्राविधिक खेल खेल्दै अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि गोल गर्न नसक्नु दुर्भाग्य भएको प्रतिक्रिया दिए । ‘मेरा खेलाडीले स्तरीय खेल प्रदर्शन गरे, बलमाथि पनि हाम्रै नियन्त्रण बढी थियो तैपनि हामी गोल गर्न असफल भयौं', उनले भने । उनले आफू नतिजाबाट सन्तुष्ट रहेको बताए ।

सहभागी सबै टोलीले आठआठ खेल खेलिसक्दा लिभरपुल १७ अंकसहित तालिकाको चौथो स्थानमा छ । म्यान युनाइटेड भने १४ अंकसहित तालिकाको सातौं स्थानमा आसीन छ । जारी सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुलले म्यान युनाइटेडलाई हराएको भए लिग लिडर म्यानचेस्टर सिटीसँग अंक बराबरी गर्ने थियो ।

तालिकाको पहिलो स्थानमा आसीन म्यान सिटीको १९ अंक छ । समान अंक जोडे पनि गोलअन्तरका आधारमा आर्सनल दोस्रो स्थानमा छ भने १८ अंकसहित टोट्टनहाम तेस्रो स्थानमा रहेको छ । पाँचौं स्थानमा आसीन चेल्सीको १६ र छैटौं स्थानमा रहेको एभर्टनको १५ अंक छ । ६ अंकसहित स्टोक सिटी, चार अंकसहित स्वान्सी सिटी र दुई अंकसहित सन्डरल्यान्ड भने रेलिगेसन क्षेत्रमा छन् ।

लिभरपुल जारी सिजनको लिगमा हालसम्म सर्वाधिक गोल गर्ने टोलीमध्ये एक हो । हालसम्म एक खेलमा मात्र पराजय भोगेको लिभरपुलले हालसम्म घरेलु मैदानमा नौ गोल गरिसकेको छ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भने नतिजाबाट आफू सन्तुष्ट नरहेको प्रतिक्रिया दिए । ‘यो नतिजा हाम्रा लागि अप्रिय हो ।

यो खेलको नतिजा त म्यानचेस्टर युनाइटेडले चाहेजस्तो आयो', खेलपछि प्रशिक्षक क्लोपले भने । उनले आगामी खेलमा आफ्नो टोलीमा केही सुधारको आवश्यकता रहेको धारणा पनि व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.