सरकारले महिला क्रिकेटर टोलीलाई जनही २५ हजार दिने

काठमाडौं: सरकारले हालै हङकङमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) महिला विश्व कप क्रिकेटअन्तर्गत एसियाली छनोट खेलमा सहभागी भएर स्वदेश फर्किएको नेपाली टोलीका प्रत्येक सदस्यलाई २५ हजारले पुरस्कृत गर्ने भएको छ । खेलकुद मन्त्रालयले बुधबार नेपाली टोलीलाई सम्मानसहित सो पुरस्कार रकमको घोषणा गरेको हो ।
खेलकुद मन्त्री दलजीत श्रीपाइलीले नेपाली टोलीका खेलाडी र अफिसियल सबैलाई जनही २५ हजारले पुरस्कृत गर्ने घोषणा गरेका हुन्। गत २३ देखी २९ अशोजसम्म हङकङमा सञ्चालन भएको एसियाली छनोट खेलमा नेपाल दोस्रो स्थानमा रहेको थियो । छनोट खेलमा नेपालसहित आयोजक हङकङ, चीन र थाइल्यान्डले सहभागीता जनाएका थिए ।
राउन्ड रोबिन दोहोरो लिग प्रणालीमा सञ्चालन गरिएको प्रतियोगिताको शीर्ष स्थानमा रहदै ग्लोबल छनोट खेलका लागि छनोट हुन असफल भए पनि नेपाली टोली एसिया कपका लागी भने स्थान सुरक्षित गर्न सफल भएको छ ।
शीर्ष स्थानमा रहेको थाइल्यान्डले इङ्ल्यान्डमा हुने विश्व कपका लागि ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल भयो । थाइल्यान्डमै हुने एसिया कप अर्काे महिना हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
