लोकमानको पद निलम्बनमा परेको पत्र संसद्‌ले पठायो

लोकमानको पद निलम्बनमा परेको पत्र संसद्‌ले पठायो

काठमाडौं : संसद्मा महाअभियोग पत्र दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको पद स्वत: निलम्बनमा परेको पत्र संसद्ले राष्ट्रपति, प्रधानमन्त्री, अख्तियार र संवैधानिक परिषद्‌मा पठाएको छ। 

संसद सचिवालयले यस्तो पत्र पठाएको जानकारी सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले दिए। संसद सचिवालयले पठाएको पत्रमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको टुंगो नलाग्दासम्म प्रमुख आयुक्तको हैसियतमा काम गर्न वा नगराउन भनिएको छ । कार्की अब कार्यलय गएर कुनै पनि काम गर्न नपाउने भएका छन्। 

एमाले र माओवादीका एक सय ५७ जना सांसदहरुले संसद्‌मा महाअभियोग दर्ता गराएका हुन्। संसद्को बिहीबार बस्ने बैठको कार्यसूचीमा महाअभियोगलाई समावेश गरिएको छ। 

संविधानमा महाअभियोग प्रस्ताव दर्ता भएपछि यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारीले काम गर्न नपाउने वा भूमिका निलम्बित हुने प्रावधान छ।क चौथाई सभासदले दर्ता गरेको प्रस्ताव संसद्‌मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.