संसद बैठक आइतबारसम्मका लागि स्थगित

संसद बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौंः व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

संसद बैठकमा बुधवार संसदमा दर्ता भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मिति तय गर्ने कार्यसूची थियो।

महाअभियोग प्रस्तावबारे प्रमुख दलका शीर्ष नेताहरुले आन्तरिक छलफल गर्नु बताएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको सभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

एमाले प्रमुख सचेत भानुभक्त ढकालले पनि आन्तरिक छलफल गर्नु पर्ने भएकाले बैठक स्थगित भएको बताए।

ढकालले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत आवश्यक पर्ने र कांग्रेसको सहमतिबिना त्यो सम्भव नहुने भएकाले थप छलफलका लागि बैठक सारिएको बताए।

संसदको अर्को बैठक आइतबार बिहान ११ बजे बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.