स्टोक्सको उत्कृष्ट प्रदर्शनले इङ्ल्यान्ड विजयी 

स्टोक्सको उत्कृष्ट प्रदर्शनले इङ्ल्यान्ड विजयी 

चटगाउः अलराउन्डर बेन स्टोक्सले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा बंगलादेशमाथि २२ रनको रोमाञ्चक जित हासिल गरेको छ । दुई सय ८६ रनको विजयलक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश पाँचौं तथा अन्तिम दिन सोमबार आफ्नो दोस्रो पालीमा केवल दुई सय ६३ रनमा समेटिएपछि इङ्ल्यान्डको जित पक्का भएको हो । जितसँगै भ्रमणकारी टोली इङ्ल्यान्डले दुई खेलको शृंखलामा १—० को अग्रता लिएको छ ।

आठ विकेटको नोक्सानीमा दुई सय ५३ रनको स्थितिबाट अन्तिम दिनको खेल अघि बढाएको बंगलादेशले सोमबार केवल १० रन थपेर बाँकी दुई विकेट गुमायो । अन्तिम दिन केवल ३३ रनको लक्ष्यसहित ब्याटिङमा ओर्लिएको बंगलादेश ३.३ ओभरमात्र क्रिजमा टिक्न सक्यो ।

चौथो दिनको खेल समाप्त हुँदा रोमाञ्चक मोडमा रहेको पहिलो टेस्टको नतिजालाई इङ्ल्यान्डको पक्षमा पार्न सोमबार स्टोक्सले तीन बलमा दुई विकेट लिएका थिए ।

बंगलादेशका अन्तिमका दुवै ब्याट्सम्यानलाई स्टोक्सले एलबीडब्लूको धरापमा पारेका थिए । सोमबारको खेलको चौथो ओभरको पहिलो बलमा स्टोक्सले ताइजुल इस्लामलाई पेभेलियन फर्काए । त्यतिबेला ताइजुल व्यक्तिगत १६ रनमा खेल्दै थियो ।

त्यसपछि सोही ओभरको तेस्रो बलमा स्टोक्सले सफिउल इस्लामलाई पनि एलबीडब्लूकै धरापमा पारेका थिए । सफिउलले खातासम्म खोल्न पाएनन् । बंगलादेशी ब्याट्सम्यान सब्बिर रहमान भने अन्तिमसम्म ६४ रनमा अविजित रहे ।

दोस्रो पालीमा दुई विकेट लिएका स्टोक्सले पहिलो पालीमा पनि चार विकेट हात पारेका थिए । उनले पहिलो पालीमा १४ ओभर बलिङ गर्दै पाँच मेडनसहित केवल २६ रन खर्चिएका थिए ।

दोस्रो पालीमा भने उनले ११.३ ओभर बलिङ गर्दै दुई मेडनसहित २० रन खर्चिए । ब्याटिङमा पनि स्टोक्सको प्रदर्शन महत्वपूर्ण रह्यो । पहिलो पालीमा १८ रन बनाएका स्टोक्सले दोस्रो पालीमा भने ८५ रन जोडेका थिए । सोही योगदानका कारण उनी म्यान अफ दी म्याच घोषित भए ।

पहिलो टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा दुई सय ९३ रन बनाएको थियो । बंगलादेश भने पहिलो पालीमा दुई सय ४८ रनमा समेटिएको थियो । यसैगरी इङ्ल्यान्डले दोस्रो पालीमा दुई सय ४० रन बनाएको थियो । इङ्ल्यान्डका कप्तान एलस्टाइर कुकले जित स्वाभाविक भएको प्रतिक्रिया दिए ।

‘हामी जितप्रति विश्वस्त थियौं र नतिजा पनि त्यस्तै आयो’, खेलपछि कुकले भने । बंगलादेशका कप्तान मुसफिकर रहिमले भने जितको नजिक पुगेर पनि हार भोग्नु पर्दा दुःख लागेको बताए । शृंखलाअन्तर्गतको दोस्रो खेल आगामी शुक्रबार ढाकामा सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.