दीर्घजीवी ओराङ उटान गिनिज बुकमा

दीर्घजीवी ओराङ उटान गिनिज बुकमा

सिड्नीः अस्ट्रेलियाको पर्थ चिडियाखानामा राखिएको एउटा पोथी ओराङ उटान (हुबहु भीमकाय मानव आकृति र स्वभावसँग मिल्ने, बाँदर प्रजातिका चिम्पान्जी वा गोरिल्ला जस्तै एकथरी जंगली वनमान्छे) लाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गरिएको छ ।

हिन्द महासागरमा अवस्थित द्वीपराष्ट्र सुमात्रा मूल थलो भई विश्वका अन्य देशमा पनि फैलिएका यस्ता प्रजातिका वनमान्छे (जंगली बाँदर) ‘सुमात्रेली ओराङ उटान’ उपजातिका नामले विश्वभरी परिचित छन् । ‘सुमात्रेली पोथी ओराङ उटानको औसत आयु मुस्किलले ५० वर्षसम्म हुन्छ । हालसम्म, थोरै मात्र यस्ता पोथी ओराङ उटानले ५० वर्ष काटेका पाइएका थियो’, विज्ञप्तिमार्फत पर्थ चिडिया खानाकी प्रमुख मार्टिना हार्टले बताएकी छन् ।

‘पुवाँ’नाम राखिएको यस सुमात्रेली पोथी ओराङ उटान यसपाला ६० वर्षकी भइन् । ‘पुवाँ’को अर्थ मलेसियाली भाषामा ‘विवाहित महिला’ हो । विश्वकै सबैभन्दा लामो आयु भएकी जीवित सुमात्रेली पोथी ओराङ उटानको दर्जा पाई यिनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत भएकी हुन् ।

पुवाँ जंगलमै जन्मेकीले उनी जन्मेको सही तिथिमिति त पुष्टि भएको छैन, तर उपलव्ध कागजात तथा अभिलेखले देखाएबमोजिम उनको जन्मवर्ष सन् १९५६ हो । सुमात्रेली पोथी ओराङगउटान ६० वर्षसम्म जीवित रहनु भनेको थुप्रै विशाल कोसेढुंगा पार गर्नु सरह हो ।

‘दीर्घजीवी पुवाँले पर्थ चिडियाखानाको नाम विश्वभर फैलाएकीले हामी सबै दंग परेका छौं । हाम्रो चिडियाखानाकी सबभन्दा वृद्धा भएकीले उनलाई हामीले आफ्नै आमासरह सम्मान पनि दिने गरेका छौं’, चिडियाखानाप्रमुख मार्टिना प्रसन्न हुँदै भन्छिन् ।

पुवाँलाई पर्थ चिडियाखानाले उनलाई १२ वर्षको उमेरदेखि नै हुर्काएर पालिराखेको हो । मलेसियाका सम्राट् ‘सुल्तान जोहर’लाई सन् १९६८ मा अस्ट्रेलियाली सरकारले आफ्नो राष्ट्रका धेरैथरी जनावरहरू उपहार पठाएपछि सट्टामा पुवाँ पनि त्यसै वर्ष उपहार स्वरूप प्राप्त भई अस्ट्रेलिया आएकी थिइन् । पर्थ चिडियाखाना भित्रिएपछि उनी केही सन्तानका आमा मात्र नभएर हजुरआमा अझ जिजुहजुरआमा समेत भइसकेकी छिन् ।

अहिले वृद्धावस्थामा शिथिल भएकीले आलस्य गरेर धेरैजसो घाममै पल्टिरहने बानी बसेको छ । चिडियाखानामा यतिका वर्ष बिते ता पनि उनको स्वभाव र जंगली रवैया बदलिएको छैन ।

उनलाई भोक लागेका बेला आहारा दिन केही गरी बढ्तै ढिला भएमा हल्ला मच्चाउँदै भुइँमा खुट्टा बजारेर मुर्मुरिँदै आक्रोश पोख्ने गर्छिन् ।

तेल (पाम आयल) संकलनका लागि गरिने ताडवृक्षको विनाश, रबरवृक्षको खेती, चोरी शिकार तथा गैह्रकानुनी आखेट व्यापार इत्यादिले उत्पन्न गरेका पर्याप्त आहार तथा वासस्थान अभावका कारण ओराङ उटान उपजातिहरू दुर्लभ हुँदै लोपोन्मुख वा खतरापन्न अवस्थामा पुगेका छन् ।

सुमात्रेली ओराङ उटान उपजातिको संख्या विश्वभर करिब ७ हजार पाँच सय मात्र बाँकी रहेको अनुमान गरिएको र हाल अत्यन्त संकटापन्न स्थितिमा बाँच्नु परिरहेको विश्व वन्यजन्तु कोषले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.