पत्रकारका लागि डरलाग्दो तथ्यः हरेक चार दिनमा एक पत्रकारको हत्या

पत्रकारका लागि डरलाग्दो तथ्यः हरेक चार दिनमा एक पत्रकारको हत्या

फ्रान्सः संयुक्त राष्ट्रसङ्घ शैक्षणिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले बुधबार सार्वजनिक एक तथ्याङ्कअनुसार पछिल्ला बर्षहरुमा विश्वमा हरेक साढेचार दिनमा एक जना पत्रकारको हत्या हुने गरेको छ ।

पछिल्लो एक दशकमा विश्वभर आठ सय २७ पत्रकारलाई आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलामा कार्यस्थलमा रहेको अवस्थामा हत्या गरिएको युनेस्कोका महानिर्देशकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ ।

यसरी पत्रकारमाथि आक्रमण हुने गरेका घटनाहरु सिरिया, इराक, लिबियालगायतका अरब राज्यहरुमा बढी भएको तथ्याङ्कमा छ ।

अरबपछि पत्रकार बढी असुरक्षित मानिएका मुलुकहरुमा दक्षिण अमेरिका क्षेत्रका मुलुकहरु रहेको बुधबार युनेस्कोद्वारा सार्वजनिक ‘सेफ्टी अफ जर्नालिस्ट एन्ड डेन्जर अफ इम्प्युनिटी’ नामक युनेस्कोको प्रतिवेदनमा जनाइएको हो ।

सन् २००६ देखि सन् २०१५ सम्मका प्रतिवेदनले जनाएअनुसार गत दुई वर्षमा ५९ प्रतिशत घटना द्वन्द्वग्रस्त क्षेत्रमा भएका थिए ।

यो समयमा मारिएका २१३ पत्रकारमध्ये ७८ पत्रकार (३६.५ प्रतिशत) अरब मुलुकहरुमा मारिएका थिए ।

सम्भवतः पत्रकारमाथिको हिंसा पछिल्लो समय पश्चिमी युरोप तथा उत्तरी अमेरिकामा पनि बढेको देखिएका युनेस्कोले जनाएको छ ।

हरेक देशमा विदेशी पत्रकारको तुलनामा हत्या गरिने पत्रकारहरुमा स्वदेशी पत्रकारनै बढीरहने गरेको युनेस्कोको अध्ययनले देखाएको छ ।

सन् २०१५ मा अनलाइन पत्रकारिता गर्ने पत्रकारहरुमाथिको हिंसामा व्यापक वृद्धि भएको छ । सन् २०१४ को तुलनामा सन् २०१४ मा २१ जना बढी पत्रकार मारिएका छन् । यसरी मारिनेमा आधा सिरियाली अनलाइन पत्रिकासँग आवद्ध भएका पाइएको छ ।

महिला पत्रकारको तुलनामा मारिने पुरुष पत्रकार १० गुणा बढी भएको अर्थात् सन् २०१४÷१५ मा जम्मा १८ महिला पत्रकार मारिएका छन् भने एक सय ९५ पुरुष पत्रकारले हिंसाका कारण ज्यान गुमाएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.