यी हुन् भारतीय राष्ट्रपतिको सवारीमा बिहीबार साँझ अवरुद्ध हुने राजधानीका सडक

काठमाडौंः तीन दिने नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षाका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षा व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । सवारीका लागि विभिन्न स्थानका सडक खाली गरिदै छ । बिहीबार अपराह्न ४ देखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रको सडक खाली गरिएको छ ।
उक्त क्षेत्रमा आवतजावत गर्ने यात्रुलार्इ वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै आजै साँझ ५ देखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, नयाँ सडक ढोका, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, नागस्थान र ठमेल क्षेत्रको सडक खाली गरिनेछ ।
आजै साँझ साढे ६ देखि बेलुकी साढे ८ सम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जय नेपाल हल, कोटेश्वर, पुरानो बानेश्वर र शङ्खमूल क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
सँगै आजै बेलुकी ८ देखि राति १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा भारतीय राष्ट्रपतिको सवारी हुने भएकाले त्यस क्षेत्रको रुट भएर चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्ग प्रयोग गर्नु राम्रो हुने ट्राफिक प्रहरीको आग्रह छ ।
राष्ट्रपति मुखर्जी भोली जनकपुर तथा पोखरा जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस !
