तेह्र बिन्दुले घट्यो सेयर बजार

तेह्र बिन्दुले घट्यो सेयर बजार

काठमाडौः धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम जारी रहेको छ । दीपावली र छठपर्वपछि खुलेको बजारमा आज १३।०९ बिन्दुले नेप्से घटेर एक हजार ७४९ बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार लामो बिदापछि खुलेको बजारमा आज कुल १३४ कम्पनीको आठ लाख ८१ हजार ५३३ कित्ता सेयर रु ६८ करोड ७४ लाख ८८ हजार ७५५ मा बिक्री भएको हो ।

आज विशेष गरी होटल र फाइनान्स समूहको सेयर मात्रै बढेको छ भने अन्य समूहका सेयरको मूल्य भने घटेको छ । स्टकका अनुसार बैंकिङ १ दशमलव ०८, विकास बैंक शून्य, जलविद्युत् ० दशमलव ९४, उत्पादन १ दशमलव ३९, बिमा ० दशमलव ५४ र अन्य समूहको सेयर ०१९ प्रतिशतले घटेको छ । यस्तै होटल ०.४८ र फाइनान्स समूह ०।१२ प्रतिशतले घटेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.