अस्ट्रेलियाको केही लागेन दक्षिण अफ्रिकासँग

अस्ट्रेलियाको केही लागेन दक्षिण अफ्रिकासँग

पर्थः दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलिया रक्षात्मक स्थितिमा देखिएको छ । पाँच सय ३९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले चौथो दिन आइतबारको खेल समाप्त हुँदासम्म चार विकेट गुमाएर एक सय ६९ रन जोडेको छ । एक दिनको खेल बाँकी रहँदा ६ विकेट साथमा रहेको अस्ट्रेलियालाई जितका लागि अझै तीन सय ७० रन आवश्यक छ ।

टेस्ट क्रिकेटमा हालसम्म बढीमा चार सय १८ रनको लक्ष्य पूरा भएको कीर्तिमान छ । यसैगरी टेस्ट क्रिकेटमा हालसम्म चार पटकमात्र चार सयभन्दा बढी रनको विजयलक्ष्य पूरा भएको छ । अस्ट्रेलियाले भने टेस्ट क्रिकेटमा दोस्रो पालीमा बढीमा चार सय ६ रन जोडेको छ । सन् २००९ मा इङ्ल्यान्डविरुद्ध पाँच सय २२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले उक्त योगफल बनाएको थियो ।

अस्ट्रेलियाको दोस्रो पालीमा डेभिड वार्नर ३५, कप्तान स्टिभन स्मिथ ३४, सन मार्स १५ र एडम भोग्स एक रन जोेडेर आउट भए । उस्मान ख्वाजा ५८ र मिचेल मार्स १५ रनमा अविजित छन् । यी दुई ब्याट्सम्यानबीच २३ रनको साझेदारी भएको छ । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा एक्लैले तीन विकेट लिए । डेभिड वार्नर रनआउट भएका थिए ।

टोलीले ५२ रन जोड्दा वार्नर पहिलो विकेटका रूपमा आउट भएका थिए । सोही स्थितिमा दोस्रो विकेट गुमाएको अस्ट्रेलियाले तेस्रो विकेटका लागि ९२ रनको साझेदारी गरेको थियो । यसअघि दक्षिण अफ्रिकाले पहिलो पाली आठ विकेटको क्षतिमा पाँच सय ४० रन जोडेर समाप्तिको घोषणा गरेको थियो । दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा तीन सय ९० रनको स्थितिबाट चौथो दिन आफ्नो दोस्रो पाली अगाडि बढाएको थियो ।

आइतबार भेर्नन फिलान्डर ७३ र विकेटकिपर क्विन्टन डे कोक ६४ रन बनाएर आउट भए । केशव महाराज ४१ रनमा अविजित रहे । दक्षिण अफ्रिकाले सातौं विकेटका लागि एक सय १६ रनको साझेदारी गरेको थियो । भ्रमणकारी टोलीले आठौं विकेटका लागि पनि ७२ रनको साझेदारी गरेको थियो । अस्ट्रेलियाका बलर जोस हेजलउड, पिटर सिडल र मिचेल मार्सले दुईदुई विकेट लिए । स्टिभन स्मिथ र मिचेल स्टार्कले पनि एकएक विकेट हात पारे ।

दक्षिण अफ्रिकाका लागि दोस्रो पालीमा प्रारम्भिक ब्याट्सम्यान डिन एल्गरले एक सय २७ रन र जेपी डुम्नीले एक सय ४१ रनको योगदान गरेका थिए । एल्गर र डुम्नी दुवैको पाँचौं टेस्ट शतक हो । ४५ रनमा दुई विकेट गुमाएको अवस्थामा एल्गर र डुम्नीले दुई सय ५० रनको साझेदारी गरेका थिए ।

यसअघि टस जिती पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका आफ्नो पहिलो पालिमा दुई सय ४२ रनमै समेटिएको थियो । अस्टे«लियाले पनि आफ्नो पहिलो पालिमा दुई सय ४४ रनमात्र बनाउन सकेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.