लेस्टरलाई वेस्ट ब्रोमबिचको धक्का

लेस्टरलाई वेस्ट ब्रोमबिचको धक्का

लन्डनः इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । आइतबार भएको खेलमा टोट्टनहामसँग १-१ गोलको बराबरीमा रोकिएपछि दुई स्थान माथि उक्लँदै तालिकाको शीर्ष स्थानमा पुग्ने आर्सनलको प्रयास सफल हुन सकेन । आर्सनलको मैदानमा भएको खेलमा सुरुआती अग्रता घरेलु टोलीले लिएको थियो । टोट्टनहामका केभिन विमरबाट ४२ औं मिनेटमा आत्मघाती गोल भएको थियो ।

तर दोस्रो हाफमा टोट्टनहाम बराबरीमा फर्कियो । ह्यारी केनले ५१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । बराबरीपछि ११ खेलबाट २४ अंक भएको आर्सनल तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको चेल्सीले ११ खेलबाट २५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ११ खेलबाट २४ अंक छ । आर्सनल सबै प्रतियोगितामा गरि १५ खेलयता अपराजित रहेको छ । टोट्टनहाम ११ खेलबाट २१ अंक जोडेर पाँचौं स्थानमा छ ।

यस अघि शनिबार राती भएको खेलमा जित हात पार्दै चेल्सी इङ्लिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले एकपक्षीय खेलमा एभर्टनलाई ५-० गोलको फराकिलोअन्तरले हरायो । एभर्टनविरुद्घ एकपक्षीय प्रदर्शन गरेको चेल्सीको सजिलो जितमा इडेन हाजार्डले दुई गोलको योगदान गरे ।

१९ औं मिनेटमा खाता खोलेका हाजार्डले ५७ औं मिनेटमा अर्को गोल थपेका थिए । पहिलो हाफमै ३-० को अग्रता लिएको चेल्सीका लागि दोस्रो गोल २० औं मिनेटमा मार्कोस एलोन्सोले गरेका थिए । ४२ औं मिनेटमा डिएगो कोस्टाले तेस्रो गोल थपेका थिए । पेड्रो रोड्रिग्वेजले ६५ औं मिनेटमा पाँचौं गोल गरेपछि चेल्सीले फराकिलो जित आत्मसात् गरेको थियो । १८ अंक बनाएको एभर्टन भने छैटौं स्थानमा छ ।

 

अर्को खेलमा मिडिल्सब्रोसँग १-१ गोलको बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीको शीर्ष स्थान कब्जा गर्ने योजना असफल बनेको छ । प्रतिस्पर्धात्मक खेलमा म्यान सिटीले सुरुआती अग्रता लिए पनि अन्तिमसम्म सम्हालिन सकेन । म्यान सिटीका लागि सिर्जियो एग्वेरोले ४३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा रक्षात्मक रणनीति अपनाएको म्यान सिटीले खेलको अन्तिमा पुगेर अग्रता गुमाएको हो । मिडिल्सब्रोका लागि ९० औं मिनेटमा मार्टिन डे रोनले जवाफी गोल गरेका थिए । मिडिल्सब्रो भने ११ अंकसहित तालिकाको १४ औं स्थानमा छ ।

बनर्लीले क्रिस्टल प्यालेसलाई ३-२ गोलले स्तब्ध बनायो । बर्नलीको जितमा साम भोक्सले दोस्रो मिनेटमै खाता खोलेका थिए । दोस्रा गोल १४ औं मिनेटमा जोहान बर्ग गुडमन्डसनले गरे । ९० औं मिनेटमा आस्ले बर्नेसले तोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित पारे । बर्नलीलाई खेलभर टक्कर दिएको क्रिस्टल प्यालेसका लागि भने ६० औं मिनेटमा कोनोर विकहाम र ८१ औं मिनेटमा क्रिस्टियन बेनटेक (पेनाल्टीमार्फत) ले गोल गरे । १४ अंकसहित बर्नली तालिकाको नवौं स्थानमा छ । क्रिस्टल प्यालेस ११ अंकसहित १५ औं स्थानमा छ ।

अर्को खेलमा स्टोक सिटी र वेस्टहाम युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंकमा बाँडे । वेस्टहामले ६५ औं मिनेटमा अग्रता लियो । स्टोक सिटीका ग्लेन वेलनबाट आत्मघाती गोल भएपछि वेस्टहाम अगाडि बढेको थियो । स्टोक सिटीले ७५ औं मिनेटमा बराबरी गोल फर्कायो । स्टोक सिटीका लागि बोजन किर्किकले गोल गरेका थिए ।

१३ अंकसहित स्टोक सिटी ११ औं स्थानमा छ । ११ अंक बनाएको वेस्टहाम १६ औं स्थानमा छ । अर्को खेलमा रेलिगेसन क्षेत्रमा रहेको सन्डरल्यान्डले बर्नमाउथलाई २-१ गोलले हरायो । लिगमा पहिलो जित हात पारेको सन्डरल्यान्ड पाँच अंकसहित तालिकाको अन्तिम स्थानमा छ । १२ अंकसहित बर्नमाउथ १२ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.