फाइनलमा मध्यमाञ्चलको प्रतिद्वन्द्वी एपीएफ

फाइनलमा मध्यमाञ्चलको प्रतिद्वन्द्वी एपीएफ

काठमाडौंः प्रधानसेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि मध्यमाञ्चल र विभागीय टोली एपीएफ भिड्ने भएका छन् । सोमबार भएको आआफ्नो सेमिफाइनल खेलमा जित हात पार्दै मध्यमाञ्चल र एपीएफले उपाधि भेट पक्का गरेका हुन् । फाइनल खेल बुधबार हुनेछ ।

ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको मैदानमा विभागीय टोली त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ३-१ गोलले पराजित गर्दै मध्यमाञ्चलले फाइनल यात्रा तय गरेको हो । एपीएफले भने अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई निर्धारित ९० मिनेटको खेलमै ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा मध्यमाञ्चलसँगको भेट पक्का गरेको हो ।

आर्मी र मध्यमाञ्चलबीचको निर्धारित समयको खेल २-२ को बराबरीमा रोकिएपछि निर्णयार्थ टाइब्रेकर प्रहार गरिएको थियो । मध्यमाञ्चलका लागि निशा ठकुरी, अञ्जु लोप्चन र मनीषा रावतले गोल गर्दै जित पक्का बनाएका थिए ।

आर्मीका लागि भने कृष्णा खत्रीले मात्रै गोल गरेका थिए । त्यसअघि निर्धारित समयको खेलमा आर्मीले सुरुआती अग्रता लिएर पनि जित हात पार्न सकेन । आर्मीलाई खेलको ३२औं मिनेटमा गोल गर्दै शर्मिला थापामगरले १-० ले अघि बढाएका थिए ।

तर मध्यमाञ्चलले ४२औं मिनेटमा बराबरी गोल फर्कायो । अस्मिता सिंहले मध्यमाञ्चललाई १-१ को बराबरीका लागि गोल गरेकी थिइन् । खेलको ६३औं मिनेटमा अञ्जु लोप्चनले गोल गरेपछि मध्यमाञ्चलले खेलमा २-१ को अग्रता बनाएको थियो । त्यसपछि खेलको ९०औं मिनेटमा आर्मीकी अञ्जली वाइबाले गोल गरेपछि निर्धारित समयको खेल २-२ को बराबरीमा टुंगिएको थियो ।

अर्को खेलमा भने एपीएफले सशक्त प्रदर्शनसहित जित हात पार्‍यो । एपीएफलाई खेलको आठौं मिनेटमा गोल गर्दै सरु लिम्बूले १-० ले अघि राखेकी थिइन् । त्यसपछि खेलको ४८औं मिनेटमा गीता रानामगरले एपीएफको अग्रता २-० मा पुर्‍याइन् । खेलको ७८औं मिनेटमा नीरू थापाले गोल गर्दै पुलिसलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, खेलको अतिरिक्त समयमा सबिता भण्डारीले अर्को गोल थपेपछि एपीएफ ३-१ ले विजयी बन्यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.