आरजु र आस्थाको बुटिक ब्यापार
काठमाडौः घरेलु उडानमा एक नम्बरको कम्पनी बुद्ध एयरका अंशियार, अनि व्यवस्थापन नेतृत्वको उत्तराधिकारी आरजु र आस्था बस्नेत बुटिकमार्फत व्यवसायमा प्रवेश गरे । आफ्नै यत्रो कम्पनी हुँदाहुँदै बुटिक किन त ? ‘व्यवसाय सिक्न सुरुमा बुटिकलाई माध्यम बनायौं', आरजु भन्छिन् ।
उनका अनुसार आफैंले सुरु गरेको व्यापार भएकाले बिजनेस प्लानको चरणदेखि घोटिन पर्यो, जुन स्थापित कम्पनीमार्फत सुरु गरेको भए पाइन्थेन । वकिल लिएर दर्ताका लागि सरकारी अड्डा पनि जानपर्यो । दिदीबहिनी आफैं दिल्ली पुगेर बुटिकका लागि किनमेल गरे । भन्सार जा“चपासको कुरा पनि अलि अलि थाहा भयो । ‘प्रत्येक स्टेप सिक्ने अवसर भयो,' उनी सुनाउँछिन् ।
आरजु र आस्था बीबीएस पास गरेपछि व्यवसायमा छिर्ने सोच्दै थिए । दुवैले बुटिकमार्फत व्यापार सुरु गर्ने निष्कर्षमा पुगे । पmेसनमा रुचि र अपडेट भएकाले बुटिक सजिलो र रमाइलोसमेत हुने उनीहरूको सल्लाह भयो । बुवा, आमालाई सुनाउँदा उनीहरूले प्रेरित गरे । बुद्ध एयरमै आउनुपर्छ जोड थिएन, बरु छुट्टै व्यवसाय सुरु गर्ने छोरीको योजनामा खुसी भए ।
तैपनि एकाध महिना थप सोचविचार गर्न र बिजनेस प्लान बनाउन सुझाए बुवा वीरेन्द्रबहादुर बस्नेतले । दिदीबहिनी मिलेर बुटिकको सर्भे गरे, बिजनेस प्लान बनाए । मुनाफा हुने विश्वास दिलाएपछि वीरेन्द्रले छोरीहरूलाई सघाए । जाउलाखेलमा बुद्ध एयरकै अफिस रहेको आफ्नो घरको दुईवटा सटर उनीहरूले पाएका छन ।
‘तर हामी यसको रेन्ट तिर्छौ,' आस्था भन्छिन् । सर्भेका क्रममा काठमाडौंमा गल्लीपिच्छे बुटिक पाइयो । तीभन्दा के फरक बनाउने भन्ने सोचे उनीहरूले । ती बुटिकमा सबैथरि कलेक्सनचाँहि थिएन् । जयपुरी, काश्मिरी, लखनवी आदि धेरै भेराइटीको कलेक्सन राखेका छन् । आफैंले डिजाइन गरेका पोसाक पनि छन् ।
‘व्यापार आश गरेभन्दा राम्रो छ,' आस्थाले सुनाइन् । काठमाडौंमा नातागोता र साथीभाइको सञ्जाल ठूलो छ । सुरुमा त तिनैले सदासयता व्यक्त गर्न किन्दिए पनि व्यवसाय चल्न सक्छ । तर, क्वालिटी र रिजनेबल प्राइस, भेराइटी सबै हुनपर्यो । नत्र नातागोता पनि दोहोर्याएर आउँदैनन् । तर, नातागोतामात्र अरुले पनि भेराइटीका साथै रिजनेबल प्राइस भन्दिएका छन्, व्यापार राम्रै छ ।
बुवाले अवकाश लिएपछि बुद्ध एयरको जिम्मेवारी आरजु÷आस्थाकै काँधमा आउनेवाला छ । तैपनि उनीहरूले बुटिकलाई अल्पकालीन व्यापारका रूपमा लिएका छैनन् । भोलि यसलाई विस्तार गर्दै लैजाने, उत्पाद नपनि आफैंले गर्नेसम्म पनि हुन सक्छ ।
‘माइन्ड एकदम ओपन छ,' आस्था भन्छिन, ‘बुद्ध एयर प्रोफेसनल म्यानेजमेन्टको जिम्मा लाएर हामीचाहि“ बुटिकमै रमाउन पनि त सक्छौं ।' उनीहरूले केहीअघि ‘आशा' भन्ने कार्यक्रमअन्तर्गत विराटनगरमा महिलामैत्री शौचालय बनाएका थिए ।
बुटिकको केही नाफा थप महिलामैत्री शौचालय निर्माणमा लगाउने उनीहरूको योजना छ । इन्फोआरजु र आस्था बीबीएस पास गरेपछि व्यवसायमा छिर्ने सोच्दै थिए । दुवैले बुटिकमार्फत व्यापार सुरु गर्ने निष्कर्षमा पुगे ।