विप्लव माओवादीले गरेको बन्दले सर्वसाधारणलाई सास्ती

विप्लव माओवादीले गरेको बन्दले सर्वसाधारणलाई सास्ती

काठमाडौं: नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् ।

लामो दुरीका सवारीबाट बिहान काठमाडौं उत्रिएका सर्वसाधारण सबैभन्दा बढी मारमा परेका छन् । घरबाट आउँदा विभिन्न सामान लिएर आएका यात्रुहरु बाटो नजिकै गाडी आउने प्रतिक्षामा बसेका छन् ।

काठमाडौं उपत्यकामा मोटरसाइकल तथा निजी सवारी फाट्ट फुट्ट चलेपनि सार्वजनिक यातायातका साधन कम चलेका छन् ।

काठमाडौंका मुख्य मुख्य चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित छन् । विहानैदेखि बन्दको आह्वान गर्दै हिँडेका केही बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७६ बन्दकर्ता पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले काठमाडौँका विभिन्न स्थानबाट ७६ जना बन्दकर्ता पक्राउ परेको जानकारी दिए ।

कलङ्की, कोटेश्वर, महाराजगन्ज, चावहिललगायतका क्षेत्रबाट बन्दकर्ता पक्राउ परेको कार्की बताए ।  सडकमा बन्दकर्ता देखिए प्रहरीले तत्काल पक्राउ गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.