सिन्डिकेटले सुदूरपश्चिमा इन्धन अभाव

सिन्डिकेटले सुदूरपश्चिमा इन्धन अभाव

धनगढी: ट्यांकर व्यवसायीको सिन्डिकेटका कारण सुदूरपश्चिममा तिहार लगत्तै इन्धनको चरम अभाव भएको छ । धान चुट्ने, गहुँ छर्ने र खेत जोत्ने बेलामा इन्धन अभाव भएपछि किसान समस्यामा परेका छन् ।

भारतबाट इन्धन लोड र ढुवानीमा कुनै समस्या नभए पनि विगत ६ वर्षदेखि ट्यांकर थप्न नदिएका कारण सुदूरपश्चिममा मागअनुसार आपूर्ति हुन नसकेको हो । नेपाल आयल निगम क्षेत्रीय कार्यालयले निगमको धनगढी डिपोका लागि इन्धन ढुवानी गर्ने जम्मा ६६ ट्यांकर रहेको जनाएको छ ।

तीमध्ये १०/१२ ट्यांकर दैनिकजसो बिग्रिरहने, त्यत्तिकै संख्यामा 'एम्बेसी पर्मिट' सकिएर थन्किरहने, केहीका चालक बिदामा हुनेलगायतका कारण ३०/३५ ट्यांकर मात्रै नियमित ढुवानीमा सञ्चालन हुन्छन् । देशभरिका आयल निगमका डिपोहरूले निजी ट्यांकरमार्फत इन्धन ढुवानी गर्दै आएका छन् । कहिले चालक, सहचालकका माग त कहिले ढुवानी व्यवसायीका मागले पटकपटक इन्धन अभाव भइरहने सुदूरपश्चिममा यसपालि भने माग अनुसारको ढुवानी हुन नसक्दा अभाव भएको आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख नरेशमान डंगोलले जानकारी दिए ।

उनले भने,'इन्धन ढुवानीका लागि निगमले दैनिक ३०/३५ ट्यांकर माग गरिरहेको छ, तर १०/१२ वटा मात्रै प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन आउँछन् त्यसैले माग अनुसारको आपूर्ति गर्न सकिएको छैन ।'

नेपाल आयल निगमले खेतीपातीको समय भएको र पहाडी जिल्लाका सडकहरूमा पनि दसैंलगत्तै गाडीको संख्या बढेकाले डिजेलको माग दोब्बर भएको जनाएको छ । सामान्यतया दैनिक तीन लाख लिटर डिजेल माग रहेको सुदूरपश्चिममा तिहारलगत्तै त्यो माग दोब्बर भएको क्षेत्रीय प्रमुख डंगोलले बताए ।

सामान्यतया सुदूरपश्चिममा डिजेलको माग दैनिक तीन लाख लिटर हो तर अहिले किसानले खेतीपाती गर्ने भएकाले, माग बढेर ६ लाख लिटर अथवा दोब्बर भएको छ ।

 

ट्यांकर व्यवसायीले संघ खोलेर, नयाँ ट्यांकर थप्न रोक लगाएका छन् । पेट्रोलियम पदार्थ ढुवानी महासंघ खोलेर इन्धनको ढुवानीमा निजी क्षेत्रले एकाधिकार कायम गरे पनि आयल निगम निरिह बनेको छ ।

यसअघि धनगढीका पेट्रोलियम पदार्थका डिलर र आयल निगमले आपूर्ति मन्त्री दीपक बोहोरालाई यो क्षेत्रको ढुवानीमा सिन्डिकेट रहेकाले कम्तीमा एक सय नयाँ ट्यांकर थप्न माग गरेका थिए । त्यतिबेला मन्त्री बोहोराले ट्यांकर थप्ने आश्वासन दिएका थिए ।

पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव सरोज चौधरीले ट्यांकर व्यवसायीको सिन्डिकेटले आपूर्तिमा समस्या आएको बताए । नेपाल आयल निगम धनगढीको आपूर्ति क्षेत्र, तराईका कैलाली र कञ्चनपुर तथा पहाडका बैतडी, दार्चुला, डँडेल्धुरा, डोटी, अछाम, बाजुरा र बझाङ हो । तर, एक हप्तादेखि सुदूरपश्चिमभरि पेट्रोल र डिजेल अभाव भएको छ ।

डिजेलका लागि धनगढीका पम्पमा धाएको पाँच दिन भैसक्यो तर कतै नपाएपछि गहुँ छर्ने काम रोकेको धनगढी उमहानगरपालिकासँगै जोडिएको हसुलिया गाविसका किसान पतिराम चौधरीले बताए । किसानले जर्किन बोकेर पम्प धाउने गरे पनि डिजेल पाएका छैनन् ।

धनगढीका लागि भारतको बन्थरा डिपोबाट इन्धन आपूर्ति गरिन्छ । बन्थरा डिपोमा शनिबार र आइतबार इन्धन लोड हुँदैन । आयल निगमको धनगढी डिपोले हप्ताका पाँच दिनको ढुवानीले, सात दिन आपूर्ति धान्नुपर्ने हुन्छ । 'पर्याप्त ट्यांकर नभएकाले आपूर्ति व्यवस्थित गर्न सकिएको छैन',निगमका क्षेत्रीय प्रमुख डंगोलले भने ।

६ सय सार्वजनिक सवारीसाधन सञ्चालन गरिरहेको सुदूरपश्चिम यातायातले पनि बसले डिजेल नपाएको गुनासो गरेको छ । 'गत वर्षको नाकाबन्दी जस्तै बजारमा तेल अभाव भएको छ, बसमा यात्रु बसाएर घन्टौं डिजेलका लागि लाइन बस्नुपर्ने बाध्यता छ', पेट्रोल पम्पका सञ्चालकसमेत रहेका सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले भने, 'सुदूरपश्चिममा इन्धन अभाव हुनुको एक मात्र कारण पर्याप्त ट्यांकर नहुनु हो ।'

आयल निगमको तथ्यांकअनुसार कात्तिक १७ गते सबैभन्दा बढी ३४ वटा ट्यांकर इन्धन ढुवानीका लागि भारतको बन्थरा डिपो गएका थिए । त्यसपछि दैनिक ८/१० ट्यांकरको हाराहारीमा मात्रै ट्यांकर भारत गएका छन् ।

'आयल निगमबाट पीडीओ लगेका मध्ये आठवटा ट्यांकर हप्ता दिनसम्म पनि फर्केका छैनन् । हामी तेल आउने आशमा बसेका हुन्छौं तर उनीहरू पीडीओ लगेर हप्तौंसम्म ढुवानीका लागि भारत जाँदैनन्, अनि आपूर्तिमा समस्या आइहाल्छ' ,निगमका क्षेत्रीय प्रमुख डंगोलले थपे । ढुवानीका सीमित साधन र न्युन भण्डारण क्षमता रहेको निगमले बजारको माग हेरेर भारतबाट आएकै दिन अनलोड नगरिकनै ट्यांकर बजारमा पठाएको छ ।

'भण्डारण क्षमता पनि ३० वर्षअघिको छ, डिजेलको भण्डारण क्षमता १५ सय ९० किलो लिटर अथवा १५ लाख ९० हजार लिटर छ । यो भण्डारण सामान्य अवस्थाको खपतको पाँच दिनको मात्रै मौज्दात हो ।

इन्फोपेट्रोलियम पदार्थ ढुवानी महासंघ खोलेर इन्धनको ढुवानीमा निजी क्षेत्रले एकाधिकार कायम गरे पनि आयल निगम निरिह बनेको छ ।

ट्यांकर थप्न माग
भारतले मागअनुसार पेट्रोलियम पदार्थ दिई रहेका बेला ट्यांकर सिन्डिकेटका कारण इन्धन अभाव भएपछि ट्यांकर थप्न अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको केन्द्रीय कार्यालयलाई पत्राचार गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शुक्रबार मन्त्रालय र नेपाल आयल निगममा पत्र पठाउँदै ट्यांकर थप्न आग्रह गरेका हुन् । भारतले माग अनुसार इन्धन दिदा पनि ढुवानीका साधन नभएकाले आपूर्तिमा समस्या भएको प्रशासनले जनाएको छ । नेपाल आयल निगमको भण्डारण क्षमता आफैंमा न्युन रहेको र त्यसैमा ढुवानीका साधन पनि कम भएकाले बेला बेला इन्धन अभाव हुने गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.