बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

बन्दकर्ताले बलेरो जिपमा आगजनी गरे

सिन्धुलीः सिन्धुलीमा आइतबार बिहान विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले एउटा बलेरो जिपमा आगजनी गरेका छन् ।

बन्दकर्ताले बिपी राजमार्गअन्तर्गत भद्रकाली गाविस–२ चियाबारीमा सिरहा जाँदै गरेको बलेरोमा आगजनी गरेका हुन् ।

काठमाडौँबाट सिरहा जाँदै गरेको स१च ११४४ नंको बलेरोमा बन्दकर्ताले आगजनी गर्दा बलेरो पुर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार पाँच सातजना बन्दकर्ताले गाडी रोकी बन्दको अवज्ञा गरेको भन्दै आगो लगाइदिएका थिए ।

जिप्रका सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बलेरोमा आगजनी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने बताए । आगजनी भएको बलेरोमा कुनै पनि यात्रु नरहेको बलेरो चालक रामचन्द्र महतोले बताए । बन्दकर्ताले आफूलाई गाडीबाट निकालेर आगो लगाएको उनको भनाइ छ ।

यता सिन्धुलीमा आज विगतमा हुने गरेको विप्लव माओवादीको बन्द प्रभावकारी नहुने गरेको भन्दै विद्यालय सञ्चालन गर्ने भनिए तापनि चियाबारीमा एक बलेरोमा आगजनी भएपछि एकाएक बन्द गरिएको छ ।

यस्तै सिन्धुलीमाढीमा खुलेका पसल पनि गाडीमा आगजनी भएको खबर थाहा पाएपछि बन्द गरिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.