प्रशिक्षकमाथि दुर्व्यवहारको आरोप
काठमाडौः इङ्ल्यान्डमा सन् २०१७ मा आयोजना हुने महिला विश्वकप क्रिकेटअन्तर्गत गत महिना हङकङमा सम्पन्न एसियाली छनोट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप नेपाली खेलाडीहरूले लगाएका छन् । टोलीका सिनियर खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रशिक्षक बस्न्यातले भने खेलाडीमाथि आफूले कुनै गलत व्यवहार नगरेको दाबी गरेका छन् ।
खेलाडीले प्रशिक्षकमाथि गम्भीर खालका आरोपसमेत लगाएका छन् । खेलाडीको उजुरीमा राखेपका साथै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले समेत चासो व्यक्त गरेको छ । सोमबार नेपाल आइपुगेका आईसीसीका प्रतिनिधि अमर शेखले घटनाका विषयलाई लिएर राखेपका सदस्यसचिव केशवकुमार बिष्टसँग फोन संवाद गरेका छन् । शेखको जिज्ञासामा आफूले घटना गम्भीर बन्न सक्ने देखिएको जबाफ दिएको सदस्यसचिव बिष्टले अन्न्पूर्णलाई बताए ।
‘अमर शेखले सोमबार बिहानै मलाई फोन गरेर खेलाडीमाथि प्रशिक्षकले दुर्व्यवहार गरेको विषयमा जिज्ञासा राखेका थिए’, उनले भने, ‘मैले घटना गम्भीर हुन सक्ने जानकारी उनलाई गराएको छु ।;
सदस्यसचिव बिष्टले राखेप बोर्ड सदस्य शैलेश कर्माचार्यको नेतृत्वमा गठित क्रिकेट समन्वय समितिसमक्ष खेलाडीले उजुरी गरेको र समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिने जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिष्दका सदस्यसचिव बिष्टले राखेप बोर्ड सदस्य शैलेश कर्माचार्यको नेतृत्वमा गठित क्रिकेट समन्वय समितिसमक्ष खेलाडीले उजुरी गरेको र समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरिने जानकारी दिए ।
‘क्रिकेट समन्वय समितिका संयोजक कर्माचार्यले खेलाडीहरूले उजुरी दर्ता गराएको मलाई जानकारी गराउनुभएको छ', सदस्यसचिव बिष्टले भने, ‘मैले उहाँहरूलाई छानबिन गरी प्रतिवेदन बुझाउनु भनेको छु । प्रतिवेदन आएपछि अन्य प्रक्रिया अघि बढ्नेछ ।;प्रतियोगिता गत असोज २३ देखि २९ गतेसम्म हङकङमा आयोजना भएको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा आईसीसीको प्रतिनिधिका रूपमा कार्यरत भावना घिमिरेको नेतृत्वमार्फत बस्न्यात नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए । त्यसबेला राखेपले आफ्ना प्रशिक्षक सामसङजंग थापालाई प्रशिक्षक पठाउने तयारी गरे पनि आईसीसी प्रतिनिधि घिमिरेको पहलमा बस्न्यात प्रशिक्षक बनेका थिए ।
प्रशिक्षक बस्न्यातले भने कसैले व्यक्तिगत रिसईबीका कारण आफूविरुद्घ षड्यन्त्र रचेको प्रतिक्रिया दिएका छन् । उनले खेलाडीलाई खेलका क्रममा मैदानमा गालीबाहेक कहिल्यै गलत व्यवहार नगरेको दाबी गरे । ‘मैले खेलाडीहरूलाई प्रतियोगितामा राम्रो खेल्नका लागि गाली गरेको हुँ तर, मैदानभन्दा बाहिर उनीहरूलाई मैले गालीसम्म गरेको छैन', प्रशिक्षक बस्न्यातले अन्नपूर्णसँग भने, ‘यो कसैले व्यक्तिगत रिसीईबी साँध्नका लागि ममाथि षड्यन्त्र गरेको हो ।