देशको विकासलाई कसैले रोक्न सक्दैनः ओली
काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेपाल संवत् ११३७ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले देश अगाडि बढिसकेकाले विकासलाई कसैले रोक्ने नसक्ने बताएका हुन् ।
‘देशलाई अगाडि बढ्न कसैले पनि रोक्न सक्दैन किनकी देश विकासका लागि अगाडि बढिसकेको छ,’ अध्यक्ष ओलीले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संक्रमणलाई टुंग्याउनका निम्ति चुनाव अपरिहार्य भएको भन्दै चुनाव हुनेमा कुनै आशंका नगर्न आग्रह गरे । ‘चुनाव हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन्,’ अध्यक्ष ओलीले भने, ‘कुनै पनि शक्तिले चुनावलाई रोक्न सक्दैन ।’
ओलीले राष्ट्रिय एकता र देशको हितको पक्षमा काम गर्ने पार्टी एमाले मात्र भएको समेत दाबी गरे । कार्यक्रममा सांसद रामवीर मानन्धर, कमिटीका अध्यक्ष कृष्ण राईले नेपाल संवतको शुभकामना व्यक्त गरे ।