ज्ञानको प्रतीक मार्ग

ज्ञानको प्रतीक मार्ग

पूर्वीय दर्शनले युगहरूलाई चार कोटीमा विभाजन गरेको छ । तीन चार युगका नामकरण यसर गरिएका छन् । सत्ययुग जसको अवधि १७ लाख २८ हजार वर्ष थियो । त्यसपछि त्रेतायुग जसको अवधि १२ लाख ९६ हजार थियो । द्वापरयुगको कुल अवधि आठ लाख ६४ हजार रहेको थियो ।

वर्तमान कलियुगको जम्मा आयु अवधि चार लाख ३२ हजार मात्र उल्लेख भएको छ । यी चार युग अवधिमध्ये तीन युग त बितिनै सके । यस कलियुगको आयु पाँच हजार एक सय १७ वर्ष मात्र बितिसकेको ज्योतिष विज्ञानसित आबद्ध वैज्ञानिक अध्येताहरूले पञ्चांग/पात्रहरूमा उल्लेख गरेको पाइन्छ ।

बराहमिहिर तथा अन्य खगोलशास्त्रीहरूले ग्रहगोचरहरूका सम्बन्धमा प्रचुर मात्रामा अध्ययन अनुसन्धान गरेको थियो । भारतको राजस्थानमा सूर्य गतिमानबाट समय निर्धारण गर्न उसैबेला प्रयोगशाला कायम गरेको थियो । ठाउँ निश्चित सम्झन सहज नभएको यो बयोधा अवस्थामा युवा अवस्था रहँदाको २०२३ विक्रमाब्धितिर अवलोकन गरेको झझल्को अझै ताजा छ ।

वर्तमान सौरमण्डल र त्यससित सटिक अन्य नक्षत्रहरूका आपसी आकर्र्षण, विकर्षण सम्बन्धमा हाम्रा पूर्वजहरूका अध्ययन, अनुसन्धानले निकै गहकिला योगदान खगोल विज्ञानका क्षेत्र निकै अनुकूल अनुभूतिहरूले सिँचन गरेका छन् ।

यस प्रसंगको मूल बिन्दु प्रतीक मार्ग रहेको छ । प्रतीक मार्गको विवेचना त्रेतायुगकालीन ग्रन्थ महाभारत युद्ध सान्दर्भिक महान् ग्रन्थ गीता महात्म्यपरक छ । अर्जुनलाई उद्बोधान गर्ने सिलसिलामा सुझाएका कर्ममार्ग भक्तिमार्ग र ज्ञानमार्ग रहेका छन् ।

 तीनवटै मार्गका सप्रसंग व्याख्या गीता ग्रन्थमा सविस्तार उल्लेख गरेका छन् विविध गीता दर्शनका विश्लेषक विद्वानहरूले । ती विविध विद्वानहरूमध्येमा पनि भक्तपुर नगरवासी चिन्तक गीता योगमार्गका उपासक भूचन्द्र वैद्यले गीताका अठारै अध्यायमध्येका प्रत्येकलाई अर्जुन विषाद योगदेखि अन्तिम मोक्ष सन्न्यासयोग स्थापित गरेका छन् ।

योग यथार्थमा हाम्रा जीवन जगत्मा सदाबहार रूपमा संयोजन भइनै रहनुपर्ने प्रहरमा सार्थक क्षमता गुरिलो क्षमता जुटाइराख्ने क्षमता हासिल गरी सञ्चय गर्ने अवसरको गहन चिन्तन मनन अनि व्यवहार हुन आउँछ । यी सबै पक्षधर जीवन यतिमध्ये प्रसंग बनाइएको मात्र भक्तियोग, ज्ञानयोग र कर्मयोग परक रहेको छ ।

तीनै तीन योगलाई प्रसंगवश यहाँ प्रतीक मानिरहेको छ । सगुनस्वरूप र निर्गुण अवस्थामा पनि अविचलित रही निरन्तर लाग्न सके मानसिक मनमयता भक्ति योगका प्रतीक मार्ग भन्न रुचाएँ । जीवन दर्शनका कुनै पनि पक्षमा सान्दर्भिक प्रयास एक न एक प्रकारले प्रतीक मार्ग नै रहेका हुन्छन् ।

जीवन जगत्मा प्रयुक्त प्रयासहरू प्रतीकात्मक पथगामी हुन्छन् र हुन् पनि । मार्ग निर्धारण नगरिकन अगाडि लाग्न नसकिने तथ्य हाम्रा जीवन सापेक्ष मर्मबोधी ज्ञान र अनुभूति रहे, बनेका छन् । भक्तियोग- भक्तिमार्ग- उपासना योग- उपासना मार्गलाई यस वर्तमान परिपेक्षमा संकल्प, दृढ अठोट, शपथग्रहण जे भनिए पनि यर्थाथमा प्रतीक मार्ग नै हुन आउँछ । प्रतीक मार्ग त्यसैले उही र तिनै परम्परागत शब्द विन्यासलाई नवीकरण मात्र मानिनु सार्थक, स्वाभाविक र सान्र्दभिक हुने ठान्छु । यो कुनै अग्रह र कुण्ठा नभई प्रयोगशील युगका प्रयोग गर्ने सन्दर्भ ठानेको छु ।

 

निष्काम कर्मयोग लक्ष्यउन्मुख रहन्छ । लक्ष्यउन्मुख कर्मयोग लालसामा अनुरक्त रहन्न । लालसा मुक्त कर्मयोगले उद्देश्य अनुकूलका लक्ष्य हासिल गर्न एकाग्र चित्तवृत्त बनाउन उद्यत् गराउँछ । निष्काम कर्मयोगमा लाग्न द्वेष, मोह र अहंकार सेलाउन थाल्छ ।

आफैंले मात्र योग गर्ने भाव असामाजिक सोचाइ हो । सामाजिक जीवन व्यतीत गर्न कर्मयोग साधना नगरी हुन्न, गर्नै पर्छ । देश, समाज र मानवतावादी धारणाहरूका गहना हुन् यी । उन्माद, जलन, आवेग, उत्तेजना, समाज देश र मानव कल्याणका निमित्त अग्रसर रहने, रहेका जोसुकै अभियन्ताले मनन गर्नुपर्ने गीता चिन्तन हुन् यी । गीता चिन्तन भन्नु सदैव जीवनमा हामी सबै तह र तख्तामा रहेका मनुष्य प्रदायले मनन् गर्दै गुन्गुनाई रहनुपर्ने अनुरागमय गीत गुञ्जन हो । यसो गर्न सक्दा हाम्रा मनुष्य तलाउ पवन पवित्र कुञ्ज बन्ने हुन्छ ।

त्यहाँबाट नि श्रृत हुने शब्द चित्तवृत्तिले यस वरिपरिका परिवेश नै शुद्धीकरण हुने वातावरण स्वनिर्मित हुने प्रकृतिमय प्रवृत्ति निर्माण हुन पुग्नेछ । युग निर्माण गर्न अग्रसर पाइलाका वचन, वाचा र कबोल विचलन हुन नदिन वचनबद्धता व्रत पालना नगरी नहुन्न । यसैले चेत संकल्प उदय, उजागर नगरी हुन्न ।

सबै सरोकारीहरूले छातीमा हात हाली कर्मयोग नगरी हामी कसरी उठ्ने ? हामी आफैंमा उठ्न नसके राष्ट्र कसरी उठ्ने ? नेपाल कसरी उँभो लाग्ने ? प्रतीक मार्गका मर्म हाम्रै कर्मयोगसहितका वचन, बाधा र सत्कर्मले मात्र फलिभूत गर्नेछ ।

प्रतीक मार्गको मर्म खुलाउने चेष्ठामा ज्ञानयोगको सिलसिला जोड्न चाहन्छु । श्री भागवद्गीताको ज्ञानयोग चौथो अध्यायको ४ः २२ श्लोकमा अर्जुनलाई सम्झाउँदै कृष्णले बोलेका छन्दमय अभिव्यक्तिलाई भूचन्द्र वैद्यले यसरी नेपाली करण गरेका छन् संस्कृतबाटः
जे मिल्छ त्यसमा भई सन्तुष्ट
रही राग र द्वेषको द्वन्द्वबाट मुक्त
ज्ञानी गर्दछन् कर्म; तर रहन्छ निर्बधजितको उन्माद, न हारको विस्मात् !

सन्तुष्टि जति उँचो अनुराग के हुन सक्ला ? जहाँ सन्तुष्ट मनस्थिति छ, त्यहाँ राग, द्वष रहन्न । जहाँ राग, द्वेष रहन्न त्यहाँ द्वन्द्व कहाँ हुन पाउँछ ? द्वन्द्व मूल कारक तत्व नै राग र द्वेष बन्छ, बनेको हुन्छ । द्वन्द्वमुक्त समाज निर्माण गर्न राग मुक्त चित्तवृत्ति उजागर हुनुपर्छ, गर्नुपर्छ । ज्ञानको ज्योतिले राग, द्वेष, ईष्र्या, द्रोह, भाव जगाइदिन्छ ।

क्लेश र ज्ञान एकै ठाउँमा अटाउन्न । ज्ञान क्लेश नाशक बुटी बनेको छ । ज्ञानले हामीलाई बन्धनमुक्त बनाउँछ । बन्धन क्लेश, राग, ईष्र्या, द्वेषका विषाक्त तरिकाहरूका पहराबीचको घेराबन्दी बन्छ तर ज्ञानलाई तिनीहरूका तीरले छिनाल्न सक्दैन । ज्ञान बन्धनमुक्त रहन्छ । निर्वन्ध प्रकृति र प्रवृत्ति ज्ञानको आफ्नै अस्तित्वबोधक चिनारी हो ।

कर्मयोगी बन्धुबान्धवहरू राग, ईष्र्या, द्वेष, अहंकारयुक्त झूटभूटको खेती गर्दैनन् । जसले गर्छन् वा गर्दा हुन् ती अपराधी हुन् । भेषमा गरिने यावत् क्रियाकलाप आपराधिक गतिविधि बन्छन् । त्यस्ता क्रियाकलाप आपराधिक हुन्छन् । आपराधिक गतिविधि दण्डनीय हुन्छन् । जानीबुझी हेलचेक्र्याइपूर्वक गरिने समाज विरोधी क्रियाकलाप अपराध ठहर्छ । अन्जान अनभिज्ञतावश हुने कुनै पनि भूल बन्छ । भूल सुधार्न सकिन्छ, हुन्छ । भूल क्षमादान योग्य रहन्छ ।

निष्काम कर्मयोग लक्ष्य उन्मुख रहन्छ । लक्ष्य उन्मुख कर्मयोग लालसामा अनुरक्त रहन्न । लालसामुक्त कर्मयोगले उद्देश्य अनुकूलका लक्ष्य हासिल गर्न एकाग्र चित्तवृत्त बनाउन उद्यत् गराउँछ । निष्काम कर्मयोगमा लाग्दा द्वेष, मोह र अहंकार सेलाउन थाल्छ ।

व्यभिचारपूर्ण अवस्थाबाट मान र मुक्ति पाउन हामीले इन्द्रियहरूलाई होसियारीसाथ सन्तुलित राख्नु आवश्यक हुन्छ । सन्तुलन कायम राख्न हामीमा संयमको पुट नभई सम्भव रहन्न । यस्तो संयमपूर्ण क्षमता आर्जन गर्न आस्थामय चिन्तन सद्विचार, सदाचार, निर्मोही आचण अनिवार्य हुन्छ ।

यिनका प्राप्ति खातिर अन्तरतत्व ज्ञान उदय हुन, गराउने चेष्टा उमार्नुपर्छ । यस्तो चेष्टा उदयपछि सत्- चित् आफैंमा संयोजन हुन पुग्छ । सत्- चित् संयोजन भएपछि आफूभित्रैबाट एक अनुभूति प्राप्त हुन थाल्छ । तिनै अनुभूतिले हामीमा आनन्दको सञ्चार हुन पुग्छ । हामी निर्बध बनेर बन्धनमुक्त अन्तरिक्षमा विचरण गर्न पुग्छौं । न त्यस अवस्था र स्थितिमा कुनै हाई हाई, न खाई खाईको संकीर्ण घेरा न सीमा रहन्छ ! ज्ञान योगको महिमामय यस पक्षको सन्दर्भ नै प्रतीक मार्ग भन्न रुचाएँ ।

कर्मयोगको मार्ग प्रशस्त पार्न ज्ञान योग आधारशिला बन्छ । ज्ञानयोगले कर्मयोगीहरूलाई रातमा टर्च लाइटको काम गर्छ । ज्योति आफैं प्रतीक मार्ग बन्छ, बनिदिन्छ । यी दुइटै कर्म र ज्ञानयोगका निमित्त भक्तियोगले जगकै काम गर्न पुग्छ । भक्तियोगको सार हृदयमान मन, मस्तिष्क, चिन्तन, ब्रह्म विवेकपूरा ढृढ संकल्प नै हुन् ।

भक्तियोग केका लागि महिमामय बन्छ ? भक्तियोग गर्नुका निरन्तर अनुराग विचलित नभई आआफ्ना विवेक ब्रम्ह्ले देखाएका संकल्प पूरा गर्न सदाबहार तवरले लोकको कल्याणकारी प्रतीक मार्गमा लागिरहने चित्तवृत्ति स्थिर राख्ने ढृढताको उपसना हो । भक्तिले अनावश्यक राग, द्वेष, अवाञ्छनीय मनोवेग नियन्त्रणमा तन्मयता प्रदान गर्छ, उदयमान गराउँछ । भक्तियोग त्यस्तो उपासनाका प्रतीक मार्ग हो जुन बाटोमा पाइला चलाउँदा कुनै अनर्गल प्रलापका हावालाग्दो हुन्न ।

अनर्गल प्रलापले चित्तवृत्ति बिर्गाछ, भत्काउँछ, तहसनहस पार्छ । त्यसो नहोऊन कामना गर्दै उपासना गर्नु नै भक्तियोगको प्रतीक मार्ग ठानी रहन्छु । समाज, देश र राष्ट्र निर्माणका बचन बोल्न र बोल्दै रहँदाका प्रत्यक क्षण हामी सबैमा समान तवरले कर्मयोग, ज्ञानयोग र भक्तियोगको मर्म बोक्दो आचरण ग्रहण गर्नुपर्छ ।

यी संकल्प हामीमध्ये कसैले राज्य व्यवस्था निमित्त राजनीतिक दायित्व बोकेका हुन्छौं । कसैले राज्य व्यवस्थामै सहयोग पुर्‍याउन उद्योग व्यवसाय गर्दै गरेका छौं । कसैले विकास योजना कार्यान्वयनका लागि परेका हुन्छौं । कसैले साहित्य, कला, संस्कृतिका सम्पदा, प्रवद्र्धन, संरक्षण र समृद्धि खातिर योग्दान गर्दै होलाऔं ।

हामीमध्ये जोकसैलाई पनि कर्मयोग, ज्ञानयोग र भक्तियोगका ज्ञान, कार्य विधि, प्रविधि हासिल नगरी हुन्न । यी सबै योग साधनका सिद्धान्त, दर्शन, योजना, कार्यप्रणाली सबै जुटाउनै पर्ने हुन्छ । मलाई लाग्छ यी र ती सबै तह र तप्काका संकल्पसहितको कर्मयोग, ज्ञानयोग, भक्तियोगहरू सबैका सबै नै प्रतीक मार्ग हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.