नेपाल र जापानबीचको मैत्रीपूर्ण फुटबलः नेपालः १ जापानः शून्य (लाइभ)
काठमाडौः दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल पहिलो हाफ बराबरीमा सकिएकाे छ ।
गत वर्षको विनाशकारी महाभूकम्पका पीडितहरूका लागि सहयोग जुटाउने उद्देश्यसहित सोलिडारिटी कप जितेर फर्किएको नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले फ्रेन्ड्स अफ जापानसँग प्रतिस्पर्धा गरिराखेको छ । फ्रेन्ड्स अफ जापानमा जे लिगसहित युरोपेली लिगको अनुभव बटुलिसकेका खेलाडीहरू सहभागी छन् ।
जापानी टोलीमा सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकपमा प्रतिस्पर्धा गरेका टोडा काजुयुकी छन् । काजुयुकीले इङ्लिस क्लब टोटनहाम हर्टस्परबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । काजुयुकीले आफूहरू नेपालमा जितकै लागि खेल्ने बताए ।
जापानी टोलीका कप्तान योसुके नोजावाले पनि कुनै समयका आफ्ना प्रशिक्षक ग्योतोकु कोजीको टोलीविरुद्ध प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको बताए । ‘
नेपाली टोलीका प्रशिक्षक कोजीले आफ्नो टोली पनि प्रतिस्पर्धाका लागि तयार रहेको बताए । जापानी टोलीविरुको खेलका लागि आफ्नो टोलीमा कुनै दबाब नरहेको उनले बताए । ‘केही खेलाडी चोटग्रस्त छन् । तर हामी जितका लागि सक्षम छौं’ प्रशिक्षक कोजीले भने, ‘हामीले भर्खरै पनि उत्कृष्ट प्रदर्शन गर्दै सोलिडारिटी कप जितेर फर्किएका छौं । यो खेल पनि हाम्रा लागि महत्वपूर्ण छ । हामी यो खेल पनि जित्न चाहन्छौं ।’
यस्तै नेपाली टोलीका कप्तान अनिल गुरुङले पनि मैत्रीपूर्ण खेलका लागि टोली तयार रहेको बताएका छन् । नेपाल र जापानबीको मैत्रीपूर्ण खेला सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भइसकेको छ ।
खेल एक जापानी एनजीओ कलरबाथ र अखिल नेपाल फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा हुन लागेको हो ।
भिडियो: एनटिभी प्लस